Connect IPS
IME Life

सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा, अध्यक्ष र सञ्चालकले गरे कर्जा दुरुपयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड तुलसीपुर दाङलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकले २०७८ असोज मसान्तमा संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणका बधारमा स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा समस्याग्रस्त देखेपछि विशेष निरीक्षणका क्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष तथा सदश्यहरुले संस्थाको हितवपरित व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरि दुरुपयोग गरेको पाइएको थियो ।

Prabhu
Crest

उनिहरुको दुरुपयोगले संस्थाको प्राथमिक पूँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक देखिएको राष्ट्र बैंकले जनाएको छ । यस्तो अवस्था देखिए पछि राष्ट्र बैंकले २०७८ चैत २ गते बैंक वित्तीय संस्थाको सिघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली २०७४ अनुसार संस्थालाई किन समस्याग्रस्त घोषणा नगर्ने भन्दै स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।

संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन २०५८ को व्यवस्था अनुसार राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS