IME Life New

माछापुच्छ्रे बैंकले ल्यायो एम स्मार्ट बचत खाता, यस्ता छन् सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखी यस्तो खाता ल्याएको जनाएको छ ।

उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर बैंकको मोबाईल बैंकिंग एप्लिकेशन एम स्मार्टबाट माछापुच्छ्रे बैंकमा खाता खोल्न सक्नेछन् ।
बिज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।

Esewa
Crest

माछापुच्छ्रे बैंकले ग्राहकलाई बैंकसम्म आउनु नै नपर्ने गरि मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन अजेन्स्ट एफडी सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्ने गरि आफ्ना सेवा सुविधाहरुलाई डिजिटल माध्यममा रुपान्तरण गरिसकेको छ ।

साथै बैंकको मोवाईल बैंकिङ्ग एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिष्ट्रेशन गर्न सकिने, मोवाईलफोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यानगरी क्युआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेको छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS