IME Life New

प्रभु बैंकका ग्राहकलाई नवरत्र आयुर हेल्थ केयरमा छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकका ग्राहकले नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रा.लिमा छुट पाउने भएका छन् । दुई संस्थाबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा बैंकका तर्फबाट हात्तिगौंडा शाखा कार्यालय प्रमुख श्रीकृष्ण दवाडी र नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष डा. राज किशोर साहले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

प्रभु बैंक र उक्त हेल्थ केयर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिहेका सम्पूर्ण ग्राहकहरुले नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टरद्धारा सञ्चालित सेवाहरुमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएको छ।

बैंकक अनुसार सम्झौता अन्तर्गत नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, नवरत्र आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS