IME Life New

अबदेखि आइपीओ भर्दा सानिमा बैंकले आश्वा शुल्क नलिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्राथमिक शेयर आवेदन वापत ग्राहकहरुबाट आश्वा शुल्क नलिने भएको छ । सानिमा बैंकको आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको सूचनामा सि आस्वा वा आस्वा प्रणालीबाट सर्वसाधारणले सानिमा बैंकमा रहेको आफ्नो खातामार्फत् प्राथमिक शेयरमा आवेदन गर्दा निःशुल्क सेवा प्रदान गरिने उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक शेयरमा आवेदन गर्दा शेयर परे पनि नपरेपनि सर्वसाधारणबाट प्रति आवेदन १० देखि २० रुपैयाँसम्म शुल्क लिंदै आएका छन् । तर पछिल्लो समयमा थोरै संख्यामा शेयर जारी हुने र ठूलो संख्यामा आवेदन पर्ने भएको हुँदा आवेदन नपर्ने ग्राहकले समेत अनावश्यक रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रत्येक पटक सेवा शुल्क भुक्तानी गरिरहनु परेको भन्दै सर्वसाधारण लगानीकर्ताहरुले संगठितरुपमै निःशुल्क सेवा प्रदान गर्नको लागी नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेका थिए ।

Esewa
Crest

सोही अनुरुप बैंकले आफ्ना ग्राहकहरुलाई आइपीओ भरे वापतको आश्वा शुल्क नलिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS