IME Life New

सानिमा बैंकले ल्यायो बुवाको मुख हेर्ने दिनको अवसरमा विशेष छुट दिने योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रा.लि (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार सानिमा बैंकको डेविट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग (क्युआर स्क्यान) बाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट (क्यु आर कोड) बाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु। १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् बैंकले जनाएको छ। बैंकका अनुसार यो योजना २०७९ भाद्र ११ गते मात्र लागू हुनेछ ।

हालसम्म बैंकको१२७ वटा कार्यालय तथा १२० वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS