IME Life New

सिभिल लघुवित्तद्वारा ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहक सदस्यहरु र संस्थाको बीचमा सुमधुर सम्बन्ध निरन्तर कायम राखिराख्न टेवा पुग्ने अभिप्रायले सम्पूर्ण अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई समेटी ३५० जना कर्मचारीहरुलाई भच्र्युअल माध्यमबाट ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोवलका साथ ग्राहक सदस्यलाई सर्वोपरि मानी ग्राहक संरक्षणको सिद्धान्तहरु अनुसरण गर्दै आफ्ना दैनिक कामकार्वाहीहरु नियमित रुपमा गर्नको लागि निर्देशन दिए ।

Esewa
Crest

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले देशका ३४ जिल्लाहरुमा ७५ शाखा कार्यालयहरु मार्फत करिव ७१ हजार घरपरिवारमा लघुवित्तीय सेवाहरु लगायत गैर–वित्तीय सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS