IME Life
GBIME

सूर्या लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने समय २ दिन बाँकी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं, वैशाख ३ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद निष्कासन गर्दैछ । हकप्रद प्रयोजनका लागि कम्पनीले वैशाख ५ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ ।

कम्पनीको हकप्रद सुरक्षित गर्नका लागि सेयरधनीले वैशाख ४ गतेसम्म शेयर खरिद गरिसक्नु पर्ने हुन्छ ।

Crest

बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्ने प्रक्रियामा रहेको सुर्या लाईफले १०० रुपैयाँ अंकित मूल्यमा २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद सेयर बिक्री गर्न पुस २४ गते निवेदन पेश गरेकोमा धितोपत्र बोर्डले चैत १ गते अनुमति प्रदान गरिसकेको छ ।

गत आर्थिक बर्षको नाफाबाट १० प्रतिशत बोनस वितरण गरेको कम्पनीले बोनसपश्चात कायम पूँजीको ४० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । बोनस र हकप्रद बिक्री पश्चात कम्पनीको पूँजी एक अर्ब नाघ्नेछ ।

 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS