IME Life New

नेपालको सबै भन्दा ठुलो म्युचअल फण्डको इन्स्योरेन्समा लगानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा हाल १३ वटा म्युचअल फण्ड संचालनमा छन् भने सबै भन्दा ठुलो ईकाई निस्काशन गरी सबै भन्दा ठुलो म्युचअल फण्ड सिद्धार्थ म्युचअल फण्ड अन्तर्गतको सिद्धार्थ इक्वीटी फण्ड रहेको छ । सिद्धार्थ इक्वीटी फण्डको कोषको आकार १ अर्ब ५० करोड छ । सिद्धार्थ इक्वीटी फण्ड पछि दोश्रो ठुलो म्युचअल फण्ड सानिमा इक्वीटी फण्ड रहेको छ । सानिमा इक्वीटी फण्डको कोषको आकार १ अर्ब ३० करोड छ ।

फाल्गुन महिना सम्मको सिद्धार्थ इक्वीटी फण्डले उपलब्ध गरेको तथ्याङ्क अनुसार फण्डको प्रति ईकाई खुद मूल्य १० रुपैयाँ ७३ पैसा छ । माघ महिना सम्म फण्डको प्रति ईकाई खुद मूल्य १० रुपैयाँ ६२ पैसा थियो । प्रति ईकाई खुद मूल्य सामान्य वृद्धि भएको छ ।

Esewa
Crest

सिद्धार्थ इक्वीटी फण्डले कुल ६४ करोड ७३ लाख रुपैया सुचिकृत कम्पनीको शेयरहरुमा लगानी गरेको छ ।

सिद्धार्थ इक्वीटी फण्डको इन्स्योरेन्स कम्पनीको शेयरमा लगानी कति ?

सिद्धार्थ इक्वीटी फण्डले ७ करोड ८६ लाख बराबरको रकम इन्स्योरेन्स कम्पनीको शेयरमा लगानी गरेका छ । फण्डले १० वटा इन्स्योरेन्स कम्पनीको शेयरमा लगानी गरेका छ । १० वटा इन्स्योरेन्स कम्पनी मध्य फण्डले ३ जीवन बीमा कम्पनीको शेयरमा लगानी गरेको छ भने ७ निर्जीवन बीमा कम्पनीको शेयरमा लगानी गरेको छ ।

फण्डले सबै भन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्सको शेयरमा लगानी गरेको छ । फण्डले नेपाल लाईफ इन्स्योरेन्सको २२ हजार ४ सय ७० कित्ता शेयरमा लगानी गरेको छ ।

उपलब्ध तथ्यांक अनुसार फण्डले २ करोड ४८ लाख बराबरको नेपाल लाईफको शेयर होल्ड गरेको छ । फण्डले आफ्नो सुचिकृत कम्पनीहरुको शेयरमा गरेको कुल लगानीको १२ प्रतिशत लगानी इन्स्योरेन्स कम्पनीको शेयरमा गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS