काठमाडौं । साउन १९ गतेदेखि निष्काशन गरेको ‘शुभ लक्ष्मी कोष’नामक खुल्लामुखी म्युचुअल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्काशन गरेको हो ।
जसमध्ये १५ प्रतिशतइकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिजपुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाखइकाई बिक्री खुल्ला गरेको छ ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यो फण्डमा लगानीकर्ताले भदौ २ तेसम्म धितोपत्रबोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धकको कार्यलक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।