GBIME
IME Life

एनएमबि म्युचुअल फण्ड अन्तर्गत म्युचुअल फण्ड योजनाहरुको आर्थिक वर्ष २०७८/७९ को संक्षिप्त वित्तीय विवरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०७८/७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ ।

एनएमबि हाइब्रिड फण्ड एल–१ को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मुल्य१३ रुपैयाँ १३ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मुल्य १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । योजनाले आ.व. ७८/७९ को लागि २१.०५२६३% नगद लाभांश घोषणा गरि मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिसकेको छ ।

SKYWELL
Crest

एनएमबि फिफ्टी को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मुल्य १३ रुपैयाँ २८ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मुल्य १८ रुपैयाँ ९६ पैसा कायम रहेको थियो । योजनाले आ.व. ७८/७९ को लागि २१.०५२६३% नगद लाभांश घोषणा गरि मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिसकेको छ ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गतको चौथो म्युचुअल फण्ड योजना “एनएमबि सरल बचत फण्ड–इ” रहेको छ । विगत नौ महिना देखि संचालनमा रहेको यस योजनाको २०७९ आषाढमा खूद सम्पत्ति मुल्य ९ रुपैयाँ ११ पैसा कायम रहेको छ ।

साथैे एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना “एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२” २०७९ श्रावण २६ गते देखि निष्काशन भईरहेको छ । सो योजनाको म्युचुअल फण्ड इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । योजनामा भाद्र ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS