GBIME
IME Life

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ६ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामको ऋणपत्र निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ताले हुन आउने २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्रीमा ल्याएको छ ।

कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६० प्रतिशत अर्थात् १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने ४० प्रतिशत अर्थात् ८ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गरिनेछ । सामूहिक लगानीकोषका लागि ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र छुट्याएर बाँकी ७ लाख ६० हजार कित्ता ऋणपत्र भने सर्वसाधारणका लागि छुट्याइएको छ ।

SKYWELL
Crest

बैंकको ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले न्यून कर्जा जोखिमको संकेत गर्ने केयर एनपी डबल ए माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने संस्थालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिने केयर रेटिङ नेपालले जनाएको छ ।

उक्त ऋणपत्रमा विक्री प्रबन्धकसँगै मेरो शेयर वेबसाइट र एपमार्फत आवेदन दिन सकिने छ । यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सेवाका लागि अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS