IME Life New

एलआइसी नेपालद्धारा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । २०७८र७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रम तिलोत्तमा स्थित टाइगर प्यालेस होटलमा सम्पन्न भएको हो । जीवन बीमा व्यवसायसँग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना सम्पन्न गरेको कार्यक्रम सम्योजक एजेन्सी म्यानेजर दिपक कुमार पासिले जानकारी दिय ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल पि दासले अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रमको समुद्घाटन गर्दै आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्याउन सबैले अधिकतम प्रयास गर्नु पर्ने भन्दै विशेष प्रशिक्षण दिदै अभिकर्ता कम्पनीको खम्बाको रुपमा रहेको बताए । अभिकर्तालाई समय समयमाअभिप्रेरणा र उत्प्रेरणा तथा कार्यदक्षता कायम राख्न स्व–अध्ययन र बिशेष तयारीका साथ आफु मातहतका अभिकर्ताहरुलाई नियमित रुपमा तालिम तथा उत्प्रेरणा दिन आग्रह समेत गरे।

Esewa
Crest

बीमा क्षेत्रमा आफ्नो ३० बर्षको अनुभव आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाएका बीमा बिज्ञ तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दासले क्षमता बृद्धि तथा बजार ब्यवस्थापन सम्बन्धी मुलभुत तालिम तथा अभिप्रेरणा प्रदान गरेका थिए ।

प्रमुख प्रशिक्षक वरिष्ठ एजेन्सी म्यानेजर केदार नाथ अधिकारिले जीवन बीमा अभिकर्ताहरुलाइ लक्षित गरि, एक दिवसीय ‘‘बजारीकरण रणनीति र जीवन बीमा सम्बन्धि तालिम”अभिकर्तालाई क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण प्रदान गर्दै जीवन बीमा व्यवसाय झनै प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व अभिकर्ता माथी रहेको बताए ।

साथै, अभिकर्ता हरुकोको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले प्रशिक्षक नर बहादुर घर्तीले कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा आर्थिक वर्ष २०७८र७९ मा उत्कृष्ट व्यवसाय गर्ने अध्यक्ष क्लब छ्नौट गर्ने mमचत को लक्ष्य पूरा गर्ने गोबिन्द प्रसाद गिरि र दिपक कुमार पासिको टिममा रहेका अभिकर्ताहरु र विभिन्न विधामा उत्कृष्ट रहेका अभिकर्ता हरुलाई प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासबाट प्रशंसा पत्र तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा बुटवल शाखाका शाखा प्रबन्धक कृष्ण दत्त भट्टले शाखालाई मिलाएर लैजाने बुटवल यस छेत्रबाट ब्याबसायमा कम्पनीको ठुलो आशा भरोसा रहेको भन्दै सबै मिलेर लक्ष्य पूरा गर्ने अठोट व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा भैरहवा शाखा प्रमुख सुदिप ज्ञबाली बर्दघाट शाखा प्रमुख बाल कृष्ण चौधरी चनौटा शाखाबाट प्रेम बहादुर केसि, शाखा प्रमुख को उपस्थिति रहेको थियो एजेन्सी म्यानेजर गोबिन्द प्रसाद गिरिको अध्यक्षता अभिकर्ता लस्मी केसिको सन्चालन मा सम्पन्न कार्यक्रम मा १५० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS