IME Life New

बिफिनले साउन २९ गते नेपाल इकोनोमिक आउटलुक २०२३ एण्ड विओण्ड सम्मेलन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) लिमिटेडले साउन २९ गते काठमाडौंमा“नेपाल इकोनोमिक आउटलुक २०२३ एण्ड विओण्ड” सम्मेलनको आयोजना गर्दैछ । सम्मेलनमा स्वदेश तथाविदेशका गरी १५ जना विशिष्ट व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुती एवं सारगर्वित मन्तव्यहरु राख्नेछन् । सम्मेलनमा वैंक, वित्तिय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका करिव १ सय ५० सहभागीहरुले आफ्नो सहभागिताको सुनिश्चिता गरिसकेका छन् ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलबाट हुनेछ । उनले उक्त सम्मेलनमा सम्बोधन समेत गर्नेछन् । यसै सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, बंगलादेश बैंककापूर्व गभर्नर डा. अतुर रहमान र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सम्मेलनमा सम्बोधन गर्नेछन् ।

Esewa
Crest

त्यस्तै, कार्यक्रमको दोस्रो सत्रमा बंगलादेश बैंककापूर्व गभर्नर डा. अतुर रहमानले “ग्लोवल इकोनोमिक क्राइसिस एण्ड लिडरसिप च्यालेन्जेजः अ रेगुलेटरी प्रस्पेक्टिभ” विषयमा प्रस्तुती दिनेछन् ।

सम्मेलनको मुख्य आकर्षण रहेको सत्र बैंकिङ, इन्स्योरेन्स र इकोनोमी अन्तर्गत “म्याक्रो इकोनोमिक रिष्क एण्ड च्यालेन्जेज अफ नेप्लिज इकोनोमि”विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नेछन् भने यसै सत्रमा स्टेट वैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर एवं प्रमुख अनुकोल भट्नागरले “दि बैंक इन २०३०” विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरी लघुवित्त क्षेत्रका विषयवस्तुलाई सम्बोधन गर्नको लागि“द प्mयुचर अफ माइक्रोफाइनान्सः प्रस्पेक्ट, च्यालेन्जेज एण्ड अपच्र्यूनिटिज्” विषयमा माइक्रोफाइनान्स इन्टिच्युट नेटवर्क भारतका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक डा. आलोक मिश्रले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

इन्स्योरेन्स क्षेत्रका विषयवस्तुलाई सम्बोधन गर्नको लागि बीमा समितिका निर्देशक सुशिलदेव सुवेदीले “द इनोभेटिभ मोडल अफ इन्स्योरेन्सः प्रस्पेक्ट, च्यालेन्जेज् एण्ड अपच्र्युनिटिज” विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपाल बैकर्स एशोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय र विफिनका प्रवन्धनिर्देशक डा. विनोद आत्रेयले समेत यस सत्रमा आफ्ना धारणाहरु राख्ने जनाएको छ ।

सम्मेलनमा इन्फ्राइष्टक्चर फाइनान्सिङ अन्तर्गत एशियाली विकाश बैंकका पूर्व उपाध्यक्ष डा. विन्दुनाथ लोहनीले “इन्फ्रास्टक्चर इन्भेष्टमेन्टः ग्याप, मोडेल्स् एण्ड अपच्र्युनिटिज” विषयमा प्रस्तुतिकरण गर्नेछन् । त्यसैगरी “ट्रेण्ड, रिष्क एण्ड इन्फास्टक्चर इन्भेष्टमेन्ट आउटलुक इन नेपाल”विषयमा लगानी वोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले आफ्ना भनाईहरु राख्नेछन् । बैंकिङ क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल इन्फास्टक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले “वैंकर्स प्रस्पेक्टिभ इन इन्फ्रास्टक्चर फाइनान्सिङः करेन्ट स्टेन्स एण्ड फियुचर स्टेप्स” विषयमा आफ्नो प्रस्तुतिकरण गर्नेछन । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले यस सत्रलाई सम्बोधन गर्नेछन् ।

त्यस्तै, विफिन स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना सन्देश सहित सम्मेलनको अन्त्यमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले सम्बोधन गर्नेछन् ।

यस सम्मेलनको टाइटल प्रायोजकमा राष्ट्रिय वाणिज्य बैक लिमिटेड रहेको छ भने मुख्य प्रायोजकको रुपमा भिक्टोरिया युनिभर्सिटी, मेलबर्न, अष्ट्रेलिया र भूमी डेभलपर्स नेपाल रहेका छन् । त्यसैगरी सम्मेलनको सह प्रायोजकहरुमा नेपाल बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, नेपाल एसविआइ बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, एनसिसी बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड, ज्योति लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS