Connect IPS
IME Life

प्रभु लाईफको विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरेको छ ।  विजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन् । क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रमको उद्घाटन कम्पनीका संचालक समिति अध्यक्ष सुभाष अमात्य गरेका थिए ।

कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यवसायिक रणनीति तथा अवलम्वन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

Prabhu
Crest

उक्त सम्मेलनमा देशभरि रहेका उत्कृष्ट अभिकर्ता, प्रदेश कार्यालय प्रमुख, शाखा तथा उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । पहिलो चरण, विजनेस कन्फरेन्स कार्यक्रममा उत्कृष्ठ कार्यसम्पदान गर्ने कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरण, क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उत्कृष्ट व्यवसाय गर्ने सिईयो क्लव तथा चेयरम्यान क्लव दर्जाका अभिकर्ताहरुलाई सम्मान गरेका थिए । कम्पनीको चियरम्यान क्लबमा पर्न सफल अभिकर्ताहरुलाई  संचालक समिति अध्यक्ष सुभाष अमात्यले र सिइओ क्लबमा पर्न सफल अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्मान तथा बिभिन्न पुरस्कारहरु प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु लाईफका संचालक समिति अध्यक्ष सुभाष अमात्यले छोटो समयमा प्राप्त सफलताहरुले हाम्रो आगामी यात्राको लक्ष्य निर्धारण गर्ने छ भनि शुभकामना व्यक्त गरेका छन् । त्यस्तै सम्बोधनकै क्रममा प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हामी सबैको अथक मिहेनत एवं प्रयासले गत आर्थिक वर्ष २०७८/७९ को लक्ष्य चुम्न सफल भएकोमा सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । उनले भने ‘दृढ संकल्प र मिहेनतले नै यो उचाइमा पुग्न सफल भएका हौं भने आगामी दिनमा यो उचाइको बृद्धिदरलाई कायम राख्ने छौ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS