IME Life New

सर्जनको दाबी भुक्तानी कार्यक्रममा आफै पुगेका थिए समितिका अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनियोजित रुपमा हत्या पछि रिलायन्स लाइफले गरेको दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेल आफै पुगेका थिए । कम्पनीले २०७८ साउन १३ गते होटल मेरियटमा विशेष कार्यक्रम आयोजना गरेरै सपना मल्ललाई साढे दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।

यसरी बीमा समितिका अध्यक्ष सिलवालकै हातबाट दाबी भुक्तानी गरिएको बीमा अन्ततः हत्याबाट सिर्जित घटन पुष्ठी भएको छ । केन्द्रिय अनुसन्धान व्युरोको अनुन्धानबाट मृतक बीमित सर्जन विक सुनियोजित हत्याको सिकार भएको खुलासा भएको छ । यसरी अपराधिक कार्यमा पनि साक्षी हुनु पर्ने अवस्थामा समितिका अध्यक्षले यस्ता दुर्घटना दोहोरिन नदिन पहल कदम अपनाउनु पर्नेछ । साना साना कार्यक्रममा पनि उपस्थिति हुने बीमा समितिको कार्यशैलीले यस्तो अवस्थामा नराम्रो कामको साक्षी बन्न पुगेको छ ।

Esewa
Crest

बीमित सर्जन वि.क.को श्रीमति भनिएकी सपना मल्लले बीमा कम्पनीबाट दाबी पाउनकै लागि सक्कली काजपत्रका साथ नक्कली बिवाह गरेको पाइएको छ । उनले वास्तविक रुपमा बिवाह नगरी कागजी बिवाह गरेको पाइएको छ । उनि सहित अन्य ५ जनाको संलग्नतामा यस्तो अपराध भएको पाइए पछि आज सिआईबीले घटना सार्वजनिक गरेको हो । कम्पनीले दाबी भुक्तानीका लागि आवस्यक सम्पुर्ण काजगपत्र पुरा गरेको भन्दै उक्त दाबी भुक्तानी गरेको थियो ।

तर नेपाल पुनर्बीमा कम्पनीले आफ्नोमा पुनर्बीमाको दाबी परे पछि संका गर्दै सिआइवीमा उजुरी दिएको थियो । कम्पनीले यो सामान्य घटना नभई सुनियोजित दुर्घटना भएको हुन सक्ने संका गर्दै सिआईबीमा उजुरी दिए लगत्तै अनुसन्धान सुरु भएको थियो ।

नियोजित रुपमै बीमा गरेर साढे दुई करोड पाउन हत्या, नेपाल पुनर्बीमाको शंकाले बाहिरियो रहस्य

रिलायन्स लाइफले दियो सर्जन विकको परिवारलाई साढे दुई करोड रुपैयाँको मृत्यु दाबी भुक्तानी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS