IME Life

रिलायन्स लाइफले दियो सर्जन विकको परिवारलाई साढे दुई करोड रुपैयाँको मृत्यु दाबी भुक्तानी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमित सर्जन विकको परिवारलाई दुई करोड ५० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । बुधबार एक कार्यक्रमका विच बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले विकको श्रीमती सपना मल्ललाई साढे दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बीमित विकको २०७८ बैशाख २ गते राति ११ बजे सवारी दुर्घटनामा परि उपचारका क्रममा मृत्यु भएको थियो ।

विकले २०७७ फागुन २७ गते एक करोड २० लाख रुपैयाँ बीमाङ्क बरारबरको ‘रिलायन्स सिमित भुक्तानी सावधिक जीवन बीमालेख’ खरिद गरेका थिए । यो सँगै विकले ३० लाख रुपैयाँ बीमाङ्क बरारबको टर्म पोलिसी खरिद गरेका थिए । टर्म पोलिसीको दुर्घटना जोखिम बापत ६० लाख रुपैयाँको दाबी प्राप्त गरेका छन् । त्यस्तै एक करोड २० लाख रुपैयाँ बराबरको सावधिक जीवन बीमा बापत एक लाख रुपैयाँ बीमाङ्क र अतिरिक्त जोखिम बहन बापत ७० लाख रुपैयाँ सहित उनको परिवारले २ करोड ५० लाख रुपैयाँ दाबी प्राप्त गरेको हो ।

Meta Holidays
Crest

विमित विकले २० वर्ष अवधि राखेर सावधिक जीवन बीमा योजना खरिद गरेका थिए । उक्त बीमा पोलिसी खरिद गर्ने क्रममा उनले ५ लाख २२ हजार ८८० रुपैयाँ प्रथम बीमा शुल्क भुक्तानी गरेका थिए । त्यस्तै ३० लाख बीमाङ्कको टर्म पोलिसी ५ वर्ष अवधिको खरिद गरेका थिए । यो पोलिसीको प्रथम बीमा शुल्क १० हजार ३५० रुपैयाँ भुक्तानी गरेका थिए । दुई वटा पोलिसीको एकै पटक दाबी भुक्तानी गरिएको हो ।

बीमा समितिका अध्यक्ष सिलवाले कम्पनीहरुले दाबी भुक्तानी गर्दैनन् भन्ने सन्देशलाई चिर्दै समयमै दाबी भुक्तानी गरेकोमा धन्यवाद दिए । सञ्चार माध्यमले सधै बीमा कम्पनीहरुलाई दाबी भुक्तानी नगरेको भन्दै आरोप लगाउने गरेको भन्दै सिलवालले सम्पुर्ण कम्पनीहरुलाई करार अनुसार दाबी भुक्तानी गर्न निर्देशन दिएका छन् ।

बीमा कम्पनीहरुले अण्डरराइटिङमा विचार नपुर्याउदा दाबी भुक्तानीमा समस्या देखिएकाले सम्पुर्ण प्रकृयाँ पुरा गरेर मात्रै बीमा गर्न सिलवालले अनुरोध गरेका छन् । उनले भने ‘बीमा गराउने अभिकर्ताले बीमितलाई स्पष्ट सँग बीमा गर्दा के के सर्तहरु रहेका छन् र बीमितले पाउने कुराहरु के के हुन् भनेर बताउनुपर्छ ।‘

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS