IME Life New

गुराँस लाइफले दियो २६ लाखको मृत्यु दावी भुक्तानी, गत वर्षमा भुक्तानी हुन दाबी रकम सून्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बीमित शेष अनसारुलको श्रीमति समसा खातुलनलाई मृत्यु दाबी भुक्तानी गरेका छन् ।

सिइओ विपिन कुमार लालले रौतहट,देवाही गोनाही नगरपालिका वडा नं.०१ का मृतक शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम उनले इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुन लाई मृत्यु दावी वापतको १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

साथै कम्पनीले तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने, वर्ष ३५ को श्री हेमराज लिम्बुको मृत्यु दावी वापतको रकम उनको हकवाला श्रीमती कौशिला लिम्बु लाई मृत्यु दावी वापत १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बीमा समितिले आ.व. २०७८/०७९ लाई बीमा दावी भुक्तानी बर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८/०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराए । साथै यस आ.व. मा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS