IME Life New

एशियन लाइफको एक्चुरी प्रतिवेदन स्वीकृत, बीमितको बोनसदर घोषणा गर्ने बाटो खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत भएको छ । बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को एक्चुरी रिपोर्ट स्वीकृत गरेको हो । समितिले आजै स्वीकृत गरेको हो ।

एशियन लाइफ यस आर्थिक वर्षको एक्चुरि प्रतिवेदन स्वीकृत गर्ने दोस्रो नम्बरमा पर्न सफल भएको छ । सबैभन्दा पहिला मेट लाइफले स्वीकृत गराएको थियो । कम्पनीले बीमितको बोनसदर पनि सार्वजनिक गरिसकेको छ ।

Esewa
Crest

बीमा कम्पनीहरुले पुल मार्फत सञ्चालन हुँदै आएको बैदेशिक रोजगार बीमालेखको विवरण समयमा नपाएको भन्दै एक्चुरि प्रतिवेदन बनाउन गाह्रो परेको भन्दै गुनासो गरे पछि समितिले यस आर्थिक वर्षदेखि पुल नै खारेज गरिदिएको छ ।

फ्युचर बोनस प्रोभिजनिङका कारण बोनसदर घट्ने भन्दै बीमा कम्पनीहरुले एक्चुरी प्रतिवेदन बुझाउन तयार थिएनन् । बीमा समितिले अघोषित रुपमा ७ वर्ष भित्रमा सत प्रतिशत फ्युचर बोनस प्रोभिजनिङ गर्न लचकता अपनाए सँगै बीमा कम्पनीहरुले एक्चुरी प्रतिवेदन बुझाउन थालेका हुन् ।

जीवन बीमा क्षेत्रमा एक्चुरी प्रतिवेदन विना लेखापरीक्षण प्रतिवेदन बनाउन मिल्दैन । नेपालमा एक्चुरी नहुँदा विदेशमा भर पर्नु पर्ने बाध्यता छ । यसै कारणले पनि साधारणसभामा ढिलाइ हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS