काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी सँग मर्जरको संझौता गरे सँगै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । कम्पनीको असार २९ गते साँझ ५ बजे बजेको सञ्चालक समितिको बैठकले मर्जरमा जाने निर्णय गरेको थियो ।
सञ्चालक समितिको निर्णय सँगै हिजो साँझ ६ बजे गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेको हो । यसरी मर्जरको सहमति सँगै दोस्रो बजारमा आजैदेखि कारोबार रोक्का हुनेछ । मर्जर सम्पन्न भए पछि मात्रै दोस्रो बजारमा शेयर कारोबार फुकुवा हुनेछ ।
बीमा समितिले बीमा कम्पनीहरुलाई अघोषित रुपमा फोर्स मर्जरको नीति लिए सँगै अहिलेसम्म १० वटा कम्पनी मर्जर प्रकृयाँमा समावेश भइसकेका छन् ।