Connect IPS
IME Life

रिलायन्स लाइफको ब्यानर सगरमाथामा फहराउने शेर्पालाई ५० लाखको बीमा पोलिसी सहित सम्मान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाकर्मी दाकिपा शेर्पाद्धारा रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन् । दाकिपा शेर्पा पेशा क्लाइम्बिङ गाइड हुन् । उनको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला , महाकुलुङ गाउँपालिका , वडा  नम्बर ०१ हो ।

उनि आरोहणको सिजनमा ट्रेकिङ गाइडको रुपमा काम गर्छन् । अन्य समयमा भने उनि रिलायन्स लाइफ इन्स्योरेन्ससँग आवद्ध भइ काम गर्दछन् । बिशेषगरी कोरोना महामारीको समयमा उनि रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडसँग जोडिन पुगेका थिए । उनले यही बैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराएका थिए ।

Prabhu
Crest

सगरमाथा आरोही दाकिपा शेर्पालाई रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एक कार्यक्रम आयोजना गरी कम्पनीको केन्द्रिय कार्यालयमा उनको साहसको प्रशंसा गर्दै सम्मान गरेको छ । उनलाई कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदरपत्रले स्वागत एवं सम्मान गरेका छन् ।  उनले आज देशको नाम विश्वको कुना कुनामा सगरमाथासँगै अगाडि बढाएको भन्दै रिलायन्स लाइफ इन्स्योरेन्स परिवारले हृदयदेखि नै सम्मान गर्दै उनको यो साहस र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानरलाई सर्वोच्च शिखरमा राख्न सफल भएकोमा कम्पनीले आभार व्यक्त गरेको छ ।

दाकिपा शेर्पा रिलायन्स लाइफ इन्स्योरेन्सका एक सफल बीमाकर्मी हुन् । शेर्पा कम्पनीको ब्राण्डलाई गर्वका साथ सगरमाथाको चुचुरोमा पुर्याउन सफल भएका छन् । कम्पनीको ब्यानरलाई बिश्वको अग्लो शिखर सगरमाथामा फहराउन पाउँदा आफुलाई असाध्यै खुशी लागेको उनले बताए । यस सम्मान कार्यक्रममा कम्पनीका सम्पुर्ण कर्मचारीहरु , संचालक समितिका सदस्यहरु एवं मिडियाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सोही अवसरमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी व्यवस्थापनको तर्फबाट हृदयदेखि नै धन्यवाद दिदै रु ५० लाख बराबरको रिलायन्स म्यादी जीवन बीमा पोलिसीद्धारा सम्मान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS