Connect IPS
IME Life

चैत महिनाको तुलनामा बैशाखमा खस्कियो बीमा कम्पनीको प्रथम बीमा शुल्क, व्यवसायमा नविकरण बीमा शुल्कको आड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चैत महिनाको तुलनामा बैशाख महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन घटेको छ । समितिको तथ्याङकलाई हेर्दा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन गत चैत महिनाको तुलनामा बैशाख महिनामा घटेको हो । बैशाख महिनामा कम्पनीहरुले २ अर्ब २५ करोड ३८ लाख रुपैयाँ मात्रै प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यीनै कम्पनीहरुले गत चैत महिनामा २ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

पछिल्लो समय जीवन बीमा व्यवसाय नविकरण बीमा शुल्कमा नै केन्द्रित हुनुपरेको अवस्था देखिएको छ । बैशाख महिनामा कम्पनीहरुले प्रथम बीमा शुल्कभन्दा नविकरण बीमा शुल्क बढी संकलन गरेका छन् । बैशाख महिनामा अधिकांश जीवन बीमा कम्पनीहरु नविकरण बीमा शुल्क आर्जनमा केन्द्रित भएको देखिएका छन् । बैशाख महिनामा जीवन बीमा कम्पनीहरुले ५ अर्ब ६० करोड रुपैयाँ नविकरण बीमा शुल्क उठाएका छन् ।

Prabhu
Crest

आर्थिक वर्ष २०७८ /७९ को १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३१ अर्ब २६ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । बैशाख महिनामा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस महिनामा ३७ करोड ९० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले बैशाख महिनामा २८ करोडरुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस महिनामा २१ करोड ६३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
चौथोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले बैशाख महिनामा १६ करोड २४ लाख रुपैयाँ प्रथम बमिा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले १४ करोड ३२ लाख रुपैयाँ, ज्योति लाइफले १३ करोड ६० लाख, सूर्या लाइफले ११ करोड ६ लाख, एशियन लाइफले १० करोड ८२ लाख,रिलायबल नेपाल लाइफले १० करोड ८२ लाख, मेट लाइफले ९ करोड ७१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, यूनियन लाइफले ९ करोड ६७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । रिलायन्स लाइफले ९ करोड ६० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफले ६ करोड २२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्राइम लाइफले ५ करोड ६८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्रभु लाइफले ४ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ४ करोड ४४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । महालक्ष्मी लाइफले ३ करोड ९६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । गुराँस लाइफले ३ करोड ७४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सानिमा लाइफले ३ करोड ४३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS