Connect IPS
IME Life

श्रीमतिको जन्मदिनमा निरन्जनले दिए ५० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । परिवर्तित समयसँगै पछिल्लो समय जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ । विवाह, ब्रतबन्ध, जन्मदिन, पास्नी, गून्योचोलो, बैवाहिक बर्षगाँठ लगायतका शुभ कार्यमा बीमा पोलीसी उपहार दिने चलन बढ्दै गएको हो । यससँगै काभ्रेका निरन्जनले आफ्नो श्रीमतिलाई बीमा पोलिसी उपहार दिएका छन् ।

बीमा अभिकर्ता निरन्जन अधिकारीले आफ्नी श्रीमतीको जन्मदिनको अवसरमा ५० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् । अधिकारी युनियन लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर हुन् । उनले अभिकर्ता पेशा सुरु गरेको २ वर्षमा २ पटक सम्म एमडीआरटी हाँसिल गरेका छन् ।

Prabhu
Crest

बीमा पोलिसी हस्तान्तरण गर्दै उनले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चित भएको हुँदा जीवन बीमा अतिआवश्यक रहेको बताए। जीबन बीमा गर्ने योजना पहिले नै बनाएको र बिशेष दिनमा उपहार स्वरुप दिँदा आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने हुदाँ सो उपहार दिएको उनले बताए । अन्य उपहार खरिद गर्दा खर्चहुने रकम बीमामा भुक्तानी गर्दा भविष्यको लागी उपयोगी बचत हुने समेत अधिकारीले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS