IME Life New

सि.बि.आई.एल क्यापिटलद्धारा ‘सि.बि.आई.एल प्रिभिलेज पिएमएस’ को सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस सि.बि.आई.एल क्यापिटल लि.द्वारा लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना सि.बि.आई.एल प्रिभिलेज पिएमएस सुचारु गरेको छ । लामो समयदेखि ग्राहकहरुलाई लगानी व्यवस्थापन सहित अन्य सेवाहरु प्रदान गर्दै आएको यस क्यापिटलले ग्राहकवर्गहरुको ध्यानलाई मध्यनजर गर्दै उच्च प्रतिफल तथा सर्वोत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने उद्देश्यका साथ यो योजना तयार पारेको छ ।

यस योजनाको न्यूनतम लगानी १० लाख रुपैयाँ रहेको छ । यो दुई वर्षे योजना रहेको छ । यस योजनाको सेवा शूल्क ० दशमलव ९० प्रतिशत वा सोभन्दा कम (लगानी रकमको आधारमा) रहेको छ । Hurdle Rate १० प्रतिशत रहेको छ भने पफमेन्स शुल्क १० प्रतिशत (प्रतिफलको आधारमा) रहेको छ ।

Esewa
Crest

योजनाका विशेषताहरुमा, दक्ष तथा योग्य जनशक्ति द्वारा संचालित,ग्राहकको जोखिम बहनका आधारमा ऋगकतयmष्शभम लगानी व्यवस्थापन सेवा,अनलाइन मार्फत दैनिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने,बजारको साप्ताहिक प्राविधिक विश्लेषण प्रतिवेदन, मासिक रुपमा वृहत आर्थिक सूचकहरुको प्रतिवेदन, त्रैमासिक लगानी व्यवस्थापनको प्रतिवेदन, शेयर बजार सम्बन्धि निशुल्क तालिम (१० वा सो भन्दा बढी लगानीकर्ताको समूहका लागि) रहेको छ ।

यस सि.बि.आई.एल प्रिभिलेज पिएमएस योजनाले लगानीकर्ताहरुलाई बजारमा जोखिम कम लिएर आफ्नो लगानीलाई सुरक्षित साथ अगाडि बढाउन मद्दत गर्नेछ । कम्पनीका दक्ष जनशक्तिले कम्पनीले अवलम्बन गरेको निति तथा नियमको अधिनमा रहि बजारमा आउने उतार चढावलाई अवसरका रुपमा बदल्न मद्दत गर्नेछन् ।

यो सेवा लिनको लागि ग्राहकहरुले सि.बि.आई.एल क्यापिटल लि.,बाटुलेघर वा सिटिजन्स बैंक इन्टरनेसनल लि. को डिल्लीबजार स्थित कार्यालयमा सम्पर्क गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS