IME Life New

बीमा दाबी गर्न भारतमा बीमा एजेण्टले नै गरिन् श्रीमानको हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अमृतसरमा एक महिलाले बीमा रकम दाबी गर्न आफ्नै श्रीमानको हत्या गरेकी छिन् । श्रीमान लामो समयदेखि मानसिकरुपमा अस्वस्थ रहेकाले यो दम्पतीलाई आर्थिक तनाव भएको थियो । यही समस्या समाधान गर्न बीमाको पैसा दाबी गर्ने उद्देश्यले श्रीमतीले श्रीमानको हत्या गरेको भारतीय स‌न्चार माध्यमले उल्लेख गरेका छन् ।

अमृतसरको जन्डियाला क्षेत्रको बुलारा गाउँमा यो घटना भएको हो । नरेन्द्र कौर नामकी एक महिला आफ्नो श्रीमान् मनजीत सिंहसँग मे ५ मा औषधि किन्न ब्यास पुगेकी थिइन्। पछि, प्रहरीले मञ्जितको शव रगतले लतपतिएको अवस्थामा फेला पारेको थियो। लाइफ इन्स्योरेन्स कम्पनीको बीमा अभिकर्ता समेत रहेकी उनलाई आफ्नो श्रीमान बीमाको रकमबाट फाइदा हुन सक्छ भन्ने थाहा थियो र त्यसैले उनले उनको हत्या गरेको प्नहरीको दाबी छ।

Esewa
Crest

अनुसन्धानका क्रममा उनको श्रीमती नै मुख्य संदिग्ध रहेको पाइएको थियो । आर्थिक अस्थिरताका कारण परिवार टुटेको उनले बताइन् । लामो समयदेखि अस्वस्थ रहेका श्रीमानको उपचारमा सबै पैसा खर्च भएको थियो । उनले धारिलो हतियार प्रहार गरी हत्या गरेको समेत बताए । महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS