IME Life New

आइएमई जनरलको अवितरित शेयरमा परेको बोलपत्र भोलि खोलिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको नविकेको लिलामी शेयरमा परेको बोलपत्र भोलि बैशाख २८ गते बुधबार खोलिने भएको छ । कम्पनीको उक्त शेयरमा परेको बोलपत्र बिहान साढे ८ बजे ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा खोलिने भएको हो ।

कम्पनीले फागुन १२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक तर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण तर्फको ८८ हजार ९३४ कित्ता शेयर बैशाख १२ गते देखि लिलामीमा ल्याएको हो ।

Esewa
Crest

बैशाख २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको थियो उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

उक्त शेयरमा बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका शाखा कार्यालय झापा, मोरङ, धनुषा, वीरगञ्ज, हेटौँडा, चितवन, कास्की, रुपन्देही, बागलुङ, बाके, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुरमा प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS