IME Life New

सफल अभिकर्ता बन्ने ६ सूत्र, मुकुन्द भुसालको लेख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुकुन्द भुसाल जीवन बीमा ब्यवसाय मूलत अभिकर्ता मार्फत गरिने विश्वब्यापी प्रचलन रहि आएको छ । अभिकर्ता भनेका मध्यस्तताको भुमिका निर्वाह गर्ने ब्यक्ति हुन् । थोरै भिन्न तवरले भन्दा, ‘जीवन बीमा गर्न चाहने मानिस आर्थिक र स्वास्थ्य समेतको दृष्टिकोणले बीमाका निम्ति योग्य छन् भनी साक्षी बस्ने ब्यक्ति नै अभिकर्ता हुन् ।’

पछिल्लो समय अन्य विभिन्न पेशा अपनाइरहेका पेशाकर्मी साथै उद्योगी ब्यबसायीहरु समेत अभिकर्ता पेशा तर्फ आकर्षित भएको देखिन्छ । यसरी अभिकर्ता बन्न आउनेहरुमा सबै सफल भने देखिँदैनन् । तर, यो पेशालाई नजिकबाट बुझेर आउँनेहरु पछाडि फर्केर हेर्नुपर्ने अवस्था रहँदैन । आखिर कसरी हासिल गर्ने त यो पेशामा सफलता ? बुँदागत रुपमा चर्चा गरौं ।

Esewa
Crest

१) काम प्रतिको लगावः

जीवन बीमा ब्यवसायमा सफल हुने पहिलो सूत्र नै कामप्रति दत्तचित्त भएर लाग्नु हो । यो क्षेत्रमा प्रवेश गरिसकेपछि दुई तरिकाले काम गर्न सकिन्छ । एक पुर्णकालिन र अर्को आंशिक । आ–आफ्नो परिवेश र परिस्थिती अनुसार कसैले सम्पुर्ण समय यसैमा दिईरहेका हुन्छन् भने कसैले आफ्नो मुल कामसंगै सहायक कर्मका रुपमा यसराई अपनाईरहेका हुन्छन् । जे जसरी काम गरेता पनि सफल नभई नछोड्ने अभिप्रायले अघि बढेमा पक्कै लक्ष्य हासिल हुनेछ ।

२) निरन्तरताः

कुनै पनि काम शुरु गर्नु भन्दा पनि त्यसलाई निरन्तर रुपमा अघि बढाउँनु बढी महत्वपुर्ण हुन्छ । कसैद्धारा प्रभावित भएर काम थाल्ने तर क्षणिक समयमै त्यो जोश जाँगर हराउँने समस्या केहीमा देखिन्छ । त्यसलाई चिर्दै आफैद्धारा अभिप्रेरित भई आफ्नै लक्ष्य पच्छ्याउँदै गतिशित बन्नु एक सफल अभिकर्ताको बिशेषता हो ।

३) तालिम तथा बैठकहरुमा सहभागिताः

आधारभुत अभिकर्ता तालिम लिएर शुरु हुने अभिकर्ताको यात्रामा विभिन्न पुनर्ताजगी तथा उत्प्रेरणा तालिमहरुले थप निखारता ल्याउँने गर्दछन् । कहिलेकाही काम गर्दै जाँदा कामको लयमा सुस्तता आउँने हुन सक्दछ । यस्तो समयमा हुने तालिम, गोष्ठी लगाएतका कार्यक्रमहरुले कामको गती बढाउँन सघाउ पुर्याउँदछन् ।

४) बीमाबारे अध्ययनशिलः

सेवामुखी ब्यबसायका रुपमा हेरिने यस अभिकर्ता पेशालाई थप मर्यादित र ब्यबसायीक बनाउँन अध्ययनशिल हुनु आवश्यक छ । एस.एल.सी वा सो सरहको औपचारिक अध्ययन सकेका जो कोहीले अभिकर्ता बनी काम गर्न सक्ने ल्याकत राख्दछन् । तर बीमा योजनाहरु, योजनाहरुमा हुने हेरफेर र परिमार्जन, विद्यमान बीमा सम्बन्धि नीति नियम इत्यादि बारे अपडेट हुन पनि ब्यक्ति अध्ययनशिल हुनै पर्दछ ।

५) सामाजिक सम्बन्ध बनाउने कलाः

यो ब्यबसायमा बस्तु तथा सामानको नभई पोलिसीको ब्यापार हुने हुँदा सामाजिक सम्बन्ध अत्यन्त आवश्यक पर्दछ । आफू, परिवार, आफन्त, साथीभाई र विस्तारै अन्य सर्बसाधारणसम्म पुगी परम सद्विश्वासको सिद्धान्तका आधारमा पोलिसी बिक्री गर्नुपर्ने हुँदा सामाजिक सम्बन्धको भुमिका महत्वपुर्ण छ । आम मानिसहरुसम्म सजिलै घुलमिल हुन सक्ने र उनीहरुको सुख दुःखमा साथ दिएको आभाष गराउँन सक्ने ब्यक्ति नै अन्ततः एक सफल अभिकर्ता कहलिनेमा दुईमत छैन ।

६) आर्थिक सम्पन्नताको हुटहुटीः

घुमाई फिराई जे जति नै कुरा गरे पनि अहिलेको पुस्ता पहिचान सँगै आर्थिक रुपमा सवल बन्न चाहन्छ । त्यसका निम्ति एक हजार रुपैयाँ मात्र लगानी गरि लाखौं रुपैयाँसम्म नियमित आम्दानी गर्न सकिने पेशा नै जीवन बीमा अभिकर्ता पेशा हो । कमिशन, ईन्सेन्टिभ, मासिक नगद प्रोतसाहन भत्ता लगाएतका सेवा सुविधाले धनी बन्ने सपना पुरा गराउँछ । अभिकर्ता पेशामा १० वर्षसम्म नियमित आम्दानी भईरहने हुँदा पनि यसमा लागेको ब्यक्तिले कहिल्यै दुबिधामा पर्नु पर्दैन ।

(भुसाल ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको नारायणगढ शाखा प्रबन्धक हुन् ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS