IME Life New

नव विवाहित बुहारीलाई ससुराले दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जन्मदिन , विवाह तथा अन्य शुभ कार्यमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ। यसै सन्दर्भमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ निवासी समाजसेवी टिकाराम पुरीले आफ्नो जेष्ठ सुपुत्र प्रदीप पुरीको बैवाहिक समारोहमा नव विवाहित बुहारी लक्ष्मी पुरीलाई १० लाख बराबरको बीमा पोलिसी उपहार दिएका छन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ बीमा पोलिसी उपहार प्रदान गरेका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सकृय एजेन्सी म्यानेजर समेत रहेका टिकाराम पुरीले समाजमा बीमाको सचेतना अभिवृद्धि गर्दै आएको म येस्तो शुभ अवसरमा बुहारीलाई बीमा उपहार दिन पाएकोमा हषिर्त रहेको बताए ।

Esewa
Crest

उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल , क्षेत्रीय शाखा प्रमुख श्री मुरली भण्डारी , महाराजगन्ज शाखा प्रमुख राजेन्द्र घिमिरे तथा सक्रिय सिनियर एजेन्सी म्यानेजर धर्म प्रसाद बरालको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS