Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले बढ्दा नाफामा भने सामान्य सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद दाबी भुक्तानी घटेको छ भने अधिकांश सूचकमा सामान्य बृद्धि भएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले ८३ करोड ६६ लाख २८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७४ करोड १७ लाख ४९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२ दशमलव ७९ प्रतिशतले बढी हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले १७ करोड ३४ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो गत आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा १ दशमलव ९८ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ। यस अवधिमा कम्पनीले पुनर्र्बीमा कमिशन वापत ३० करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले १४ करोड ७१ लाख ७४ हजार बीमालेख जारी गरेको छ भने २ अर्बमाथि कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ७ हजार ३८९ वटा दाबी वापत ७५ करोड ६० लाख दाबी भुक्तानी गरेको छ । कम्पनीले ८ हजार ७६१ वटा भुक्तानी हुन बाँकी दाबी संख्यामा १ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ करोड ३९ लाख ३४ हजार रुपैयाँ रकम संचित रहेको छ । त्यस्तै , बीमा कोषमा १ अर्ब ९ करोड ४५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ८ करोड ५३ लाख रुपैयाँ रकम संचित रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) १७ रुपैयाँ ९६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २ सय ११ रुपैयाँ ३२ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४५ दशमलव ०६ र प्रतिशेयर कुल सम्पतिको मूल्य ४ सय १९ रुपैयाँ १६ पैसा रहेको छ ।

यस अवधिमा कम्पनीले ५१ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ९९ लाख ७२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS