काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७८/ ७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार सबै सुचकमा प्रगति गरेको देखिन्छ ।
कम्पनीले समिक्षा अवधिसम्ममा १ अर्ब ११ करोड ५४ लाख २४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षकोे सोही अवधिमा ७८ करोड ४२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ४२ दशमलव २२ प्रतिशतले बढी हो ।
१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २२ करोड २ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १६ करोड ८ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ९८ करोड १९ लाख ७० हजार रुपैयाँ संचित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ३३ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको महा विपत्ति कोषमा २ करोड ७८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ६्र८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफामा ८ प्रतिशतले बृद्धि भएको छ ।
त्यसैगरी कम्पनीले यस अवधिमा १२ करोड ५१ लाख २४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४२ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी धेरै ३४२ प्रतिशतले बृद्धि गरेको छ ।
यस अवधिमा कम्पनीले १९ करोड ३६ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्च गरेको छ । कम्पनीले हालसम्म ३ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस बाँकी दाबी संख्या १४ वटा रहेको छ ।
जीवन बीमा कम्पनीहरुको मुनाफा लगायतको वित्तिय विवरणहरु लेखापरिक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।