काठमाडौं । सूर्या लाइफको जनसम्पर्क तथा ब्राण्डिङ विभाग प्रमुखमा मेघेन्द्र प्रकाश गिरी नियुक्त भएका छन् । गिरी कायम मुकायम सहायक महाप्रवन्धक पदमा नियुक्त भएका हुन् । ब्राण्ड डिजिटल मार्केटिङ एण्ड पब्लिक रिलेसन विभाग प्रमुखको रुपमा गिरीले गत बिहीबारदेखि नै कार्यभार सम्हालिसकेका छन् ।
सिर्जनशिल सोचलाई व्यवहारमा उतार्न खप्पिस मेघेन्द्र प्रकाश गिरी नेपालको कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल पात्र मानिन्छन् । एनआईसी एशिया बैंक हुँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ र मिडियाको दुनियाँमा आफ्ने छुट्टै पहिचान बनाउन सफल गिरीले यस क्षेत्रमा दुई दशक पार गरिसकेका छन् ।
बर्दियाको गुलरियामा जन्मिएका मेघेन्द्र प्रकाश गिरी सानैदेखि पढाइसँगै अन्य अतिरिक्त गितिवधिमा पनि अब्बल थिए । स्कुल लेभलमा मध्यम किसिमका गिरीले आइकममा कलेज टप गरे, त्यो पनि स्वःअध्ययन गरेर । २०४९ सालमा आइकम पुरा गरेपछि स्नातकको लागि नेपालगञ्जको महेन्द्र मल्टिपल क्याम्पसबाट स्नातक(बिकम) गरेका गिरीले एमबिएका साथै अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । साहित्य तथा क्रियटिभ क्षेत्रमा काम गर्न रुचाउने गिरीले धेरै वटा गित संगितको रचना गरिसकेका छन् ।
यो पनि पढ्नुहोस् ।
कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल नाम ‘मेघेन्द्र प्रकाश गिरी’