Connect IPS
IME Life

कालिका लघुवित्तको खुद नाफा ८६.१३ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा ८६.१३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा संस्थाले ६ करोड ९७ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीले ११ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ३१ करोड २८ लाख रुपैयाँ रहेको छ । गत आवको तेस्रो त्रैमासम्म कम्पनीको जगेडा कोषमा १७ करोड ७७ लाख रुपैयाँ थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा उक्त कोषमा २१ करोड १९ लाख रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

कम्पनीले तेस्रो त्रैमासमा ८ करोड ३५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले सञ्चालन मुनाफा ७२ लाख ८३ हजार रूपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ दशमलव ९७ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ८ दशमलव १० प्रतिशत बढेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ६७ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात २७.४८ गुणा छ । प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ७३ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS