IME Life New

कालिका लघुवित्तको खुद नाफा ८६.१३ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा ८६.१३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा संस्थाले ६ करोड ९७ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीले ११ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ३१ करोड २८ लाख रुपैयाँ रहेको छ । गत आवको तेस्रो त्रैमासम्म कम्पनीको जगेडा कोषमा १७ करोड ७७ लाख रुपैयाँ थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा उक्त कोषमा २१ करोड १९ लाख रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

कम्पनीले तेस्रो त्रैमासमा ८ करोड ३५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले सञ्चालन मुनाफा ७२ लाख ८३ हजार रूपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ दशमलव ९७ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ८ दशमलव १० प्रतिशत बढेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ६७ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात २७.४८ गुणा छ । प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ७३ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS