IME Life New

प्रभु इन्स्योरेन्सको २६औं बार्षिक साधारण सभा सम्पन्न, ११.५८ प्रतिशत लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २६औं वार्षिक साधारण सभा चैत्र ३० गते बुधबार सम्पन्न भएको छ । तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा बिद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.५८ प्रतिशत नगद लाभांश गरि जम्मा ११.५८ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत गरेको छ ।

बार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैै कम्पनीका अध्यक्ष कुसुम लामाले बिभिन्न समस्या तथा उत्तारचढावहरु बि.सं.२०७२ सालको महाभूकम्प, सोही वर्षको नाकाबन्दी, बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) र सो को नयाँ/नयाँ भेरियन्टको असर, तत्पश्चात बित्तिय क्षेत्रमा देखिएको तरलताको अभाव एवं प्रत्यक्ष आयात निर्यात हुने बिदेशी राष्ट्रहरुबीच भएको आपसी द्वन्द लगायतले बीमा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पारेको बताउँदै सम्भावित बीमा जोखिमहरुको आँकलन तथा सोको संयमित र अनुकुलित व्यवस्थापन नै बीमा क्षेत्रको सफलताको शुत्र हो भन्नेमा कसैको दुई मत हुन नसक्ने जनाउँदै कम्पनी भित्रको शुसाशन र सहभागितामूलक पारदर्शी निर्णय प्रकृयाहरुले सञ्चालक समिति र व्यवस्थापन बीचमा झन् प्रगाढता बढेको बताइन् ।

Esewa
Crest

साथै, उनले बीमा क्षेत्रमा रहेको तीब्र प्रतिस्पर्धाका बीच पूँजी, दावी भुक्तानी, व्यवस्थापन खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित दीर्घकालिन लक्ष्य प्राप्तीका लागि समस्त कम्पनी परिवार प्रयत्नशील रहेको बताउँदै हाल सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुको बजार, ग्राहक, लक्ष्य, उद्देश्य लगभग एकै किसिमका रहेकाले यस्तो अवस्थामा कम्पनीले प्रतिश्पर्धा गर्न ग्राहक केन्द्रित भएर आकर्षक बीमा सेवा प्रदान गर्दै अगाडि बढेको र कम्पनीको आन्तरिक व्यवस्थापनलाई व्यवस्थापन गर्दै कम्पनीले डिजिटल बीमा सेवामा बिशेष जोड दिइएको समेत बताइन् ।

बार्षिक साधारण सभाले बिभिन्न शेयरधनीहरुले आफ्नो मन्तब्य, जिज्ञासा र सुझावहरु राख्नु हुंदै कम्पनीको प्रगती सन्तोषजनक रहेको र बीमा समितिबाट जारी भएको पूँजी बृद्धि सम्वन्धी निर्देशन बमोजिम कम्पनीको चुक्ता पूँजी २ अर्व ५० करोड पु¥याउनको लागि हकप्रद शेयर जारी गरि पूँजी बृद्धि गर्न बिशेष प्रस्ताव पेश गरि सो प्रस्ताव अत्याधिक बहुमतले पारित गरि सोहि अनुसार कम्पनीको पूँजी बृद्धि सम्वन्धी योजना तयार गरि बीमा समितिमा पेश गर्न साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

वार्षिक साधारण सभाबाट पारित बोनश शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी रु. १ अर्व २८ करोड ९७ लाख ११ हजार पुगेको छ । साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरुबाट सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS