IME Life New

बंगलादेशः तत्काल आइपिओ जारी गर्न २६ बीमकलाई धितोपत्र बोर्डको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको धितोपत्र नियामकले बीमा नियामक, बीमा विकास तथा नियामक प्राधिकरण (आईडीआरए) लाई २६ बीमकको सूचीकरण गर्न र सूचीबद्ध प्रथामिक शेयरमा लगानी सम्बन्धी नियमको पालना गराउन आग्रह गरेको छ।

बंगलादेश सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (बीएसईसी) ले आईडीआरए अध्यक्षलाई पत्र लेखेर यस्तो अनुरोध गरेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ।

Esewa
Crest

नोभेम्बर २०२० मा धितोपत्र नियामकले २६ बीमकलाई चुक्ता मूल्य विधि अन्तर्गत प्राथमिक शेयरमार्फत् बंगलादेशी टाका ३० करोड(४२ करोड ३९ लाख ७० हजार रुपैयाँ)को न्यूनतम पूँजी बढाउने अनिवार्य प्रावधानबाट छुट दिएको थियो। तर जनवरी २०२१ मा, बीएसईसीले यी सबै बीमकलाई प्राथमिक शेयर निष्काशन र पूँजी बजारमा लगानी सम्बन्धी प्रावधानमा परिवर्तन गरेको छ ।

नयाँ प्रावधान अनुसार प्रत्येक बीमकले कम्तीमा बंगलादेशी टाका १५ करोड(२१ करोड १९ लाख ८५ हजार रुपैयाँ) बराबर मूल्यको साधारण शेयर जारी गर्नुपर्ने र बंगलादेशको कुनै पनि धितोपत्र बजारमा सूचीबद्ध धितोपत्रमा पूँजीको कम्तिमा २० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान लागू गरेको छ ।

बीएसईसीले पत्रमा २६ बिमा कम्पनीले प्राथमिक शेयर निष्काशन गर्नको लागी हालसम्म कुनै पहल नगरेको उल्लेख गर्दै असन्तुष्टी व्यक्त गरेको छ।

खुद्रा लगानीकर्ताको वर्चश्व रहेको बंगलादेशी धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको भूमिका अभिवृद्धि गर्न चाहेकोले बीएसईसीले आइसिडआरएको सहयोग मागेको हो । मार्चमा, धितोपत्र नियामकले बैंकहरू, सम्पत्ति व्यवस्थापन कम्पनीहरू र शेयर दलालहरूलाई पूँजी बजारलाई समर्थन गर्न आग्रह गरेको थियो।

हाल आईडीआरएबाट ३५ जीवन र ४६ निर्जीवन बीमा कम्पनीले इजाजतपत्र प्राप्त गरेका छन् । यी ८१ बीमकमध्ये ५३ वटा बीमकमात्र धितोपत्र बजारमा सूचीकृत छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS