Connect IPS
IME Life

लघु जीवन बीमाको संख्या बढ्दो क्रममा, व्यवसाय भने सावधिककै भरमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरु लघु जीवन बीमा योजनामा केन्द्रित देखिएता पनि यसबाट भने खासै बीमा शुल्क आर्जन गर्न सकिरहेका छैनन् । बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा बीमा कम्पनीहरुले ५२ लाख २३ हजार वटा लघु जीवन बीमा योजना ‍जारी गरेका छन् ।

फागुनमसान्त सम्ममा जीवन बीमा कम्पनीहरुले एक करोड ११ लाख ७९ हजार ७२८ वटा पोलिसी जारी गरेका छन् । जसमा लघु जीवन बीमा योजनाको मात्रै ४६.८५ प्रतिशत हिस्सा रहेको छ । तर यस बापत कम्पनीले प्राप्त गरेको कमिशन भने धेरै कम हुने गरेको छ । बीमा समितिका अनुसार फागुन महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले लघु जीवन बीमा मार्फत २८ करोड ५० लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् ।

Prabhu
Crest

संख्यात्मक रुमा लघु जीवन बीमा देखिए पनि सर्वाधिक जीवन बीमा व्यवसाय भित्र्याउनेमा सावधिक जीवन बीमा योजना धेरै छ । कम्पनीहरुले सावधिक जीवन बीमा योजना मार्फत फागुन महिनामा मात्रै तीन अर्ब ८४ करोड रुपैयाँ आर्जन गरेका छन् । त्यस्तै रुपान्तरित सावधिक जीवन बीमा योजना मार्फत कम्पनीले २ अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेका छन् ।

जसमा सावधिक जीवन बीमा व्यवसायको बजार हिस्सा ३५.२४ प्रतिशत छ । त्यस्तै रुपान्तरितको बजार हिस्सा २४ प्रतिशत छ । त्यस पछि सबैभन्दा धेरै व्यवसाय भित्र्याउनेमा बाबच्चा सम्बन्धी सावधिक जीवन बीमा योजना मार्फत एक अर्ब ७२ करोड रुपैयाँ संकलन भएको छ ।

बीमितको आकर्षण अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा पनि देखिएको छ । यसबापत फागुन महिनामा कम्पनीहरुले एक अर्ब ५२ करोड रुपैयाँ संकलन गरेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले यस आर्थिक वर्षमा ८ लाख ५१ हजार वटा पोलिसी जारी गरेका छन् । फागुन महिनामा मात्रै जारी भएको बैदेशिक रोजगार जीवन बीमालेख मार्फत कम्पनीहरुले २८ करोड ५ लाख रुपैयाँ संकलन गरेका छन् ।

गत माघ महिनाको तुलनामा फागुन महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कमा खासै ठुलो सुधार देखिएको छैन । गत माघ महिनामा जीवन बीमा कम्पनीहरुले १० अर्ब ३८ करोड रुपैयाँ संकलन गरेका थिए । फागुन महिनामा मात्रै १० अर्ब ९० करोड रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS