IME Life New

एलआइसीमा २० प्रतिशत वैदेशिक लगानी स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको लाईफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी_ मा २० प्रतिशतसम्म प्रत्यक्ष विदेशी लगानीको लागी अनुमाति दिने निर्णय गरेको छ ।

भारत सरकारको उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागले एक सूचना जारी गर्दे २० प्रतिशत सम्म प्रत्यक्ष विदेशी लगानीको लागी अनुमति दिने सरकारको निर्णयलाई सार्वजनिक गरेको हो।

Esewa
Crest

गत फेब्रुअरीमा केन्द्र सरकारको मन्त्रिपरिषद्ले एलआईसीमा वैदेशिक लगानी स्वीकार गर्ने निर्णयलाई अनुमोदन गरेको थियो। हालको वैदेशिक लगानी नीति अन्तर्गत, सरकारी स्वीकृति मार्ग अन्तर्गत सार्वजनिक क्षेत्रका बैंकको लागि लगानीको सीमा २० प्रतिशत भएकोले, एलआईसी र त्यस्ता अन्य कर्पोरेट निकायलाई पनि २० प्रतिशत सम्म अनुमति दिने निर्णय गरिएको हो।

एलआइसी ऐन, १९५६ अन्तर्गत एलआइसीमा विदेशी लगानीको लागि पहिले कुनै सीमा तोकिएको थिएन । बीमा अधिनियम १९३८, बीमा नियामक र विकास प्राधिकरण ऐन, १९९९ वा सम्बन्धित कानून अन्तर्गत बनेका नियमहरूमा सरकारी बीमकमा प्रत्यक्ष वैदेशिक लगानीको सम्बन्धमा कुनै प्रावधान थिएन।

अन्य बीमा कम्पनीका लागि, बीमा ऐनले विदेशी विदेशी लगानीकर्ताहरूलाई भारतीय बीमा कम्पनीहरूमा चुक्ता पूँजीको ७४ प्रतिशतसम्म लगानी गर्न स्वीकृति दिएको छ। एलआइसी निगमको रुपमा स्थापित भएकोले बीमा ऐन अन्तर्गतको प्रावधानले यसलाई छुँदैन ।

एलआइसीले आफ्नो सेयरको ५५ वा ३१ करोड ६० लाख भन्दा बढी शेयरको प्रारम्भिक सार्वजनिक प्रस्ताव गर्ने योजना बनाएको छ। यो भारतमा अहिलेसम्मकै ठूलो शेयर निष्काशन हुनेछ । शेयर ष्निकाशन मार्च महिनामा गर्ने तयारी गरिएको थियो, तर रुस र युक्रेन संकटले स्टक बजारमा उच्च अस्थिरता निम्त्याएकोले समयतालिका पर सारिखएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS