IME Life New

बंगलादेशमा बैंकास्योरेन्सको लागि बैंकहरुलाई बेग्लै लाइसेन्स जारी गर्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ढाका । बंगलादेशी अर्थ मन्त्रालयको वित्तीय संस्था महाशाखा (एफआईडी) ले बैंकास्योरेन्स निर्देशिका तर्जुमा गर्न बैंक तथा बीमा नियामक निकायलाई आग्रह गरेको छ । एफआईडीले दुबै नियामकहरू, बंगलादेश बैंक र बीमा विकास तथा नियामक प्राधिकरणलाई बैंकास्योरेन्स सम्बन्धी अन्तिम दिशानिर्देशहरू ७ अप्रिल सम्ममा महाशाखामा पेश गर्न अनुरोध गरेको छ।

द फाइनान्सियल एक्सप्रेसका अनुसार बैंकास्योरेन्स सञ्चालनका लागि बैंकहरूले केन्द्रिय बैंक बंगलादेश बैंकबाट स्वीकृति लिनुपर्नेछ र बीमा नियामकले बैंकहरुलाई बीमा सेवा संचालन गर्नको लागी छुट्टै इजाजतपत्र जारी गर्नुपर्नेछ ।

Esewa
Crest

बैंकहरूले बैंकास्योरेन्स व्यवसाय सञ्चालन गर्न छुट्टै सञ्चालन इकाई स्थापना गर्नुपर्ने र प्रमुख बैंकास्योरेन्स अधिकारी नियुक्त गर्नुपर्ने प्रावधान राखिएको छ।

बीमकले बंगलादेश बैंकबाट बीमा सेवा संचालनको लागी स्वीकृति पाएको साझेदार बैंकसँग बैंकास्योरेन्स सम्झौता गर्नुपर्छ। बैंकास्योरेन्स इजाजतपत्रको लागि आवेदन दिने बैंकहरूले बीमा नियामक समक्ष बेग्लै दर्ता शुल्क तिर्नुपर्ने प्रावधान समेत रहेको छ ।

नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा सुविधा लिन आउने बीमितलाई जबरजस्ती जीवन बीमा गराउने प्रवृत्ति देखिए पनि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्दै बैंकास्योरेन्स सेवा संचालनमा पूर्ण रोक लगाएको थियो । अझै पनि केही बैंकहरुले सोझा साझा ऋणीहरुलाई ऋण लिनको लागी अनिवार्य जीवन बीमा गर्नैपर्ने भन्दै जबरजस्ती बीमा गराएर ठग्ने क्रम जारी रहेको छ ।

राष्ट्र बैंकले ऋणको जोखिम बराबरको निर्जीवन बीमा वा दुर्घटना बीमा गर्नको लागी ऋणी ग्राहकको बीमितको स्वीकृति लिएर गर्न सके पनि ग्राहकको स्वीकृति बिना कुनै पनि किसिमको बीमा गर्न दबाब नदिन निर्देशन दिएको छ । तर धितो राखिएको भौतिक सम्पत्तिको बीमा गर्नको लागी राष्ट्र बैंकले रोक लगाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS