Connect IPS
IME Life

शिखर इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्नुका ५ कारण, यि हुन् लगानीका क्षेत्रहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आजदेखी ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद निष्काशन तथा विक्री खुला गर्न लागेको हो ।

कम्पनीले सोल्भेन्सी अनुपातलाई थप सुदृढ गरी कम्पनीको व्यवसाय वृद्धिमा टेवा पुर्याउन हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको व्यवसायमा भइरहेको वृद्धि अनुसार कम्पनीले ठुला जोखिमहरु तथा ठुला सम्पत्तिहरुको बीमा गर्दा आफ्नो धारण क्षमताको विकास गर्न कम्पनीको नेटवर्थलाई थप वृद्धि गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

कम्पनीले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिलाई विस्तार गर्नका लागि आवश्यक पूँजी संकलन गर्ने अर्को कारण रहेको छ । कम्पनीको प्रबन्धपत्रमा उल्लेख गरिएको उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि कम्पनीको संस्थाको शाखा विस्तार गरी कारोबार वृद्धि गर्न आवश्यक पूँजी जुटाउन र कम्पनीको पूँजी कोषलाई मजबुत तुल्याइ राख्न हकप्रद शेयर निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।

यस बाहेक हकप्रद शेयरबाट प्राप्त रकम कम्पनीले चार वटा क्षेत्रहरुमा परिचालन तथा उपयोग गर्ने निर्णय गरेको छ । कम्पनीले हकप्रद शेयर मार्फत संकलन भएको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै १५ करोड ८२ लाख रुपैयाँ लगानी गर्नेछ । त्यस्तै पब्लिक कम्पनीको साधारण शेयरमा ७ करोड ९१ लाख ३३ हजार ५८० रुपैयाँ लगानी गर्दैछ । पब्लिक कम्पनीको ऋणपत्रमा १३ करोड १८ लाख ८९ हजार ३०० रुपैयाँ लगानी गर्ने योजना बनाएको छ भने अन्य पूर्वाधारका क्षेत्रमा मात्रै १५ करोड ८२ लाख ६७ हजार १६० रुपैयाँ लगानी गर्नेछ ।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ७५ करोड ८५ लाख २४ हजार रहेको छ । हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २८ करोड ६० लाख ८१ हजार दुई सय हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS