IME Life New

दोलखा र रौतहटमा महालक्ष्मी लाइफको बीमा सचेतना कार्मक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले दोलखा र रौतहट जिल्लामा “ युवासँग महालक्ष्मी लाइफ” कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थिको उपस्थिति रहेको थियो । कलेजका प्राधानाध्यापक ब्रम्हनारायण राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सका क्षेत्रिय प्रमुख दिगम्वर प्रसादले बीमा सम्वन्धी प्रशिक्षण दिएका थिए ।

Esewa
Crest

कम्पनीको गौर कार्यालयका कर्मचारी राजेश कुमार साहले संचालन गरेको कार्यक्रममा प्रधानाध्यापक यादवले बीमा विषय आम जनताको लागि नयाँ भएकोले यस्ता सचेतना सम्वन्धी कार्यक्रम नियमित सम्पन्न गर्नु पर्ने सुझाव दिए ।

त्यसैगरी फागुन २८ गते शनिवार दोलखाको चरिकोटमा पनि कम्पनीले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । होटल पानारोमा कम्पनीका एजेन्सी प्रमुख सिताराम धिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय कर्मचारी, पत्रकार, समाजसेवी लगायत ४० जनाको उपस्थिति रहेको थियो ।

महालक्ष्मी लाइफको एजेन्सी प्रमुख सिताराम धिमाल र वाग्मति प्रमुख राम प्रसाद भुसालले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रमको महत्व र आवश्यकता बारेमा प्रमुख अतिथि नापी कार्यालय दोलखाका प्रमुख अशोक कुमार श्रेष्ठ र विशेष अतिथि नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीप शंकर चौलागाईले प्रकाश पारेका थिए ।

बीमा समीतिले बीमा सचेतनाको लागि कम्पनीलाई दोलखा,रौतहट, गुल्मी र ललितपुर जिल्ला दिए पछि सोही अन्तर्गत रौतहट र दोलखामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS