IME Life

युक्रेनमा भएको आक्रमणले विश्वभर आर्थिक मन्दी फैलिन सक्ने स्वीस रिको चेतावनी

SPIL
NIC ASIA

काठमाडौं । अन्तर्राष्ट्रिय पूनर्बीमक कम्पनी स्वीस रिका विश्लेषकहरूले युक्रेनमा शुरू भएको रूसी आक्रमणले विश्वव्यापीरूपमा आर्थिक मन्दी फैलिन सक्ने चेतावनी दिएको छ । स्ट्यागफ्लेसन र मन्दीका परिणामहरू अब आधारभूत अपेक्षा मानिन्छ ।

रुसमाथिको ऊर्जा निर्भरतालाई ध्यानमा राख्दै, स्विस रिले तत्कालै यसको प्रभाव यूरोपेली मुलुकका लागी अमेरिकाको तुलनामा धेरै पर्ने अपेक्षा गरेको छ । स्वीस रिले ऊर्जाको लागतको असर एक्लैले कम्तिमा १ देखि २ प्रतिशत बिन्दुले कूल गाहर्स्थ उत्पादन(जीडीपी) वृद्धि कम गर्न सक्छ । साथै यूरोपमा कम्तिमा १ देखि २ अंकसम्म थप मुद्रास्फीति हुन सक्ने चेतावनी दिएको छ ।

Prabhu
Crest

विशेष गरी अमेरिकामा केन्द्रीय बैंकले कडाई गर्नुका साथै विश्वव्यापी मुद्रास्फीति पनि यस वर्ष पहिलेको अनुमानभन्दा धेरै हुने र जिडिपि वृद्धि  दर घट्ने अपेक्षा गरिएको छ । अहिले उर्जा बजारहरू मुख्य चासो भएपनि स्वीस रिले वित्तीय प्रणालीको प्रभावलाई थप जोड दिएको छ । वैदेशिक लगानीको लागी रूस योग्य नहुँदा  बजार र स्थायित्व जोखिमहरू उल्लेखनीयरूपमा बढेको छ।

ऊर्जा बजार अहिलेको यूद्धको झटकाको लागि पहिलो कडीको रूपमा देखिएको छ, अहिलेको उर्जा (इन्धन) मूल्य वृद्धिले हाम्रो विश्वव्यापी मुद्रास्फीति बढाउँछ र वास्तविक जिडिपि वृद्धिको पूर्वानुमान घटाउनेछ उल्लेख गरेको छ ।

ऋण सम्बन्ध र रूसमा आन्तरिक लगानी अवरूद्ध भइरहेको छ। अब मार्च १२ देखि लागू हुने भनिएको स्वीफ्ट (SWIFT) प्रतिबन्धको कारणा सामूहिक लगानीको  ऋणमा प्रभाव अझै पनि प्रकट हुन सक्छ ।

“यसले शेयर र ऋण पत्र बजारहरूमा अस्थिरतालाई उच्च राख्ने र सुरक्षित आश्रयहरूको लागि भोक उच्च राख्ने अपेक्षा गर्छौं,” स्विस रिका विश्लेषकहरूले भनेका छन्। “द्वन्द्वको अतिरिक्त वित्तीय बजारको प्रभावले समेत वास्तविक अर्थतन्त्रमा व्यवसाय र उपभोक्ताको विश्वास दुबैलाई मनोबललाइ गिराउनेछ, यसले रूसभन्दा बाहिरको मुलुकमा समेत खर्च र लगानी घटाउनेछ।”

स्विस रिले थप भनेको छ, व्यापारको प्रवाह ध्यान दिनुपर्ने अर्को मुख्य कडी हो, युरोपेली व्यापार विशेष गरी आपूर्ति श्रृंखला समस्याको कारण अवरुद्ध हुने सम्भावना छ ।

“आपूर्ति श्रृंखला अवरोधले औद्योगिक उत्पादन मार्फत मात्र नभई विश्वव्यापी मुद्रास्फीतिलाई पनि असर गर्छ। यो उच्च मुद्रास्फीति, खाद्यान्नमा पनि जस्तै मकै र गहुँको मूल्य, जसको लागि आपूर्ति पनि अवरुद्ध भइरहेको छ, यसले सामाजिक स्थायित्वलाई असर पार्न सक्छ,” विश्लेषकहरूले उल्लेख गरेका छन् । “समग्रमा, युक्रेन द्वन्द्वले नकारात्मक आर्थिक परिदृश्यको सम्भावना धेरै बढाउँछ,” उनीहरूले निष्कर्ष निकालेका छन्।

र लगानीको जोखिम मूल्याङ्कन गर्ने  अन्तर्राष्ट्रिय एजेन्सी एएम बेस्टले युक्रेनमाथिको आक्रमणले पूँजी बजारमा महत्त्वपूर्ण गिरवाट ल्याउने सम्भावना औ‌ल्याउँदै यसले छोटो-मध्यम अवधिमा सम्पूर्ण उद्योगव्यवसायलाई असर गर्नेछ चेतावनी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS