IME Life New

लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २६ औं वार्षिक साधारण सभा चैत्र ९ गते बुधबार आह्वान गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, बीमा भवन ज्ञानेश्वर, काठमाडौंमा सभा गर्ने जनाएको छ ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट . हाल कायाम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७९ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव ७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

Esewa
Crest

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नु हुने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।, आथिृक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७४/०७५ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा । (साविककै लेखापरीक्षक केएमयू एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेण्टस् पुनः नियुक्तिको लागि योग्य हुने कुरा पारित गर्नेछ ।

सभाले निम्न विषयका सम्बन्धमा प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरूमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार कम्पनीको कार्यालयको ठेगाना सम्बन्धमा, विशेष प्रस्ताव न.१ बमोजिम जारी गरिने बोनस शेयरको हदसम्म जारी पूंजी तथा चूत्ता पूँजी बृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ३० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS