IME Life New

सिद्धार्थ इन्स्योरेन्सले गर्यो २ करोड ६० लाखको दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले सोलखुम्वु जिल्ला, स्थित खुम्वु पासाङ्ग ल्हामु गाउँ पालिकामा रहेको पिस फुल लजमा मिति २०७८ असोज २ गते आगलागीवाट भएको क्षती वापतको बीमा रकम हस्तान्तरण गरेको हो ।

बीमा दाबी वापत २ करोड ६० लाखको चेक प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले पिस फुल लजका सञ्चालक कुसाङ शेर्पालाई हस्तान्तरण गरेका हुन् । २०७२ सालको भुकम्पवाट भएको क्षती वापत समेत सल्लेरी र नाम्चे क्षेत्रका वीमितहरुलाई उल्लेख्य रकम दावी वापत भुक्तानी भएको थियो ।

Esewa
Crest

चालु आर्थिक वर्ष २०७८/७९ को हाल सम्म कम्पनीले ६०९७ वटा दावी फर्छयौट भई ७३ करोड ६६ लाख ९७ हजार रुपैयाँ तथा अग्रिम दावी वापत विभिन्न दावी कर्ताहरुलाई ८ करोड ५० लाख रुपैयाँ भुक्तानी गरी जम्मा ८२ करोड १६ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको छ भने फर्छयौट गर्न वाँकी दावीको संख्या ३८४१ (कोरोना दावी वाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकमं १ अर्ब ४१ करोड ४३ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

छिटो छरितो दावी फर्छयौट गर्ने कम्पनीको लक्ष्य अनुरुप वाँकी रहेका दावी यथासिघ्र फर्छयौट गरी दावी रकम भुक्तानी गर्न कम्पनी क्रियासिल रहेको हँुदा बीमा दावी गर्नु हुने सम्पूर्ण वीमितहरुले दाबीसँग सम्वन्धित कागजातहरु सर्भेयर वा कम्पनीमा बुझाई दावी फर्छयौट कार्यमा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS