IME Life New

लुम्बिनी जनरलको लाभांश घोषणा, कति दियो बोनस शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको ९.५२३८ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४७६१९ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।

माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी एक अर्ब १९ करोड ८८ लाख ९० हजारको ९.५२३८ प्रतिशत अर्थात ११ करोड ९८ लाख ८९ हजार रुपैयाँको बोनस शेयर प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भए पनि कम्पनीले साधारणसभा बोलाउन सक्ने छ । साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

Esewa
Crest

प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ३१ करोड ८७ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । बीमा समितिले कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाए सँगै कम्पनीले बोनस शेयरमा मात्रै दिने भएको हो ।

121f7b6e3e3389f68addddaf939629ab

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS