IME Life New

निर्जीवन बीमा कम्पनीको ६७ प्रतिशत व्यवसाय बागमति प्रदेशमै केन्द्रित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीको व्यवसाय बागमति प्रदेशमै केन्द्रित हुने गरेको पाइएको छ । बीमा समितिले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीको ६७ प्रतिशत निर्जीवन बीमा व्यवसाय बागमति प्रदेशमै रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरुले पुस महिनामा वागमति प्रदेशबाट मात्रै २ अर्ब ४८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी पुस महिनामा निर्जीवन बीमा कम्पनीहरुले जम्मा तीन अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

Esewa
Crest

निर्जीवन बीमा कम्पनीको प्रदेश अनुसार बीमा शुल्क आर्जन  

त्यस्तै दोस्रो धेरै व्यवसाय भने प्रदेश नम्बर एकमा गरेका छन् प्रदेश एकमा निर्जीवन बीमा कम्पनीहरुले जम्मा ३२ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तेस्रो धेरै बीमा शुल्क आर्जन हुने प्रदेश लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनी प्रदेशमा निर्जीवन बीमा कम्पनीहरुले ३१ करोड तीन लाख रुपैयाँ मात्रै आर्जन गरेका छन् ।

मधेश प्रदेशमा भने निर्जीवन बीमा कम्पनीहरुले २२ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गण्डकी प्रदेशबाट भने निर्जीवन बीमा कम्पनीहरुले २१ करोड १९ लाख, सुदुर पश्चिम प्रदेशमा ९ करोड २० लाख र सबैभन्दा कम कर्णाली प्रदेशमा भने तीन करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS