IME Life New

पेशागत अभिकर्ताको चुनौतिबारे अध्ययन गर्न सर्वेक्षण गरिदैं

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। मलेशियाको जीवन बीमक संघले बीमा अभिकर्तालाई दीर्घकालीनरुपमा टिकाउन चुनौतीको बारेमा अनुसन्धान शुरु गरेको छ।पूर्णकालीन व्यवसायीक अभिकर्ताको अभावमा जीवन बीमा व्यवसायको विस्तार चुनौतिपूर्ण हुने निष्कर्ष सहित संघले अभिकर्ताको पेशागत क्षमता अभिवृद्धिको लागि सन् २०२२ भर सघन तालिम समेत संचालन गर्ने घोषणा गरेको छ।

अनुसन्धानको क्रममा पेशाबाट बाहिरिनुको कारण, बीमा योजनाहरुबारेको ज्ञान र अभिकर्ताको निरन्तरता बीचको सम्बन्ध, भौगोलिक, आर्थिक, शैक्षिक विविधता र पेशागत निरन्तरताबीचको सम्बन्ध, कार्य अनुभव र कार्यस्थलमा प्राप्त हुने समर्थनको सम्बन्धबारे समेत अध्ययन केन्द्रित हुनेछ। अध्ययनबाट प्राप्त निष्कर्षको आधारमा अभिकर्ताको स्तर वृद्धि, दक्षता वृद्धि सम्बन्धमा विशेष अभियान संचालन गरिने संघले उल्लेख गरेको छ।

Esewa
Crest

मलेशियामा सन् २०२०‌ मा अभिकर्ता संख्या ८२ हजार ४२ रहेकोमा सन् २०२१ मा ८८ हजार ६८ पुगेको छ। अनुसन्धानको क्रममा अभौतिक माध्यमबाट सर्वेक्षण शुरु गरिएको छ। संघका‌ अनुसार सर्वेक्षणको क्रममा ५‌ हजार अभिकर्तालाई सर्वेक्षण फारम भर्न लगाउने,२५० जनालाई टेलिफोन अन्तरवार्ता र केही समूहगत छलफलको आयोजना गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS