Connect IPS
IME Life

अजोड इन्स्योरेन्सको कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले पुस २५ देखि आज पुस २७ गतेसम्म उक्त तालिम सम्पन्न गरेको हो । कम्पनीले बीमा समितिको स्वीकृत बमोजिम तालिम दिएको जनाएको छ । साथै, उक्त कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्बत शाखा प्रमुख बिक्रम ढुंगानाले गरेका हुन् ।

कम्पनीले बीमा दाबी भुक्तानी सरल र सहज बनाउन बीमा मुल्यांकनकर्ताको तालिम सम्पन्न गरेको हो । कृषि तथा पशुपन्छी बीमाको क्षति निर्देशिका बमोजिम बीमा समितिका सहायक निर्देशक पुर्ण वहादुर थापाले प्रशिक्षण दिएका हुन् ।

Prabhu
Crest

त्यस्तै, अजोड इन्स्योरेन्स लिमिटेडको तर्फ देखि पशुपन्छी तथा कृषि बिभाग प्रमुख दिपक पोख्रेलले तालिमका कारण बीमा क्षेत्रमा दक्ष जनशक्ति तथा कृषि तथा पशुपन्छी दावी सरल र व्यवस्थित हुने बताए ।

उक्त कार्यक्रममा सहभागिलाइ प्रमाण पत्र वितरण बीमा समितिका सहायक निर्देशक पुर्ण वहादुर थापा ,अजोड इन्स्योरेन्स लिमिटेडको तर्फ देखि पशुपन्छी तथा कृषि बिभाग प्रमुख दिपक पोख्रेल र बजार बिभाग नायब प्रबन्धक यादब प्रसाद पाठकले प्रदान गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS