IME Life New

एलआईसी नेपालले नियुक्ति गर्न थाल्यो विभागिय प्रमुख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआईसी नेपालले विगत लामो समयदेखि प्रमुख विहिन रहेका विभागमा ‘विभागिय प्रमुख’को नियुक्ति गरेको छ । इन्स्योरेन्स खवरले ‘एलआईसी नेपालमा लामो समयदेखि विभागीय प्रमुख विहिन, पालना भएन संस्थागत सुशासन निर्देशिका’ विषयमा समाचार प्रकाशन गरेको केहि समयमै आन्तरिक बढुवा गर्दै विभागिय प्रमुखको जिम्मेवारी प्रदान गरेको हो ।

गत मंगलबार समाचार तयार पार्दा कम्पनीमा एक जना मात्रै विभागिय प्रमुख थिए । अहिले थप तीन जनालाई विभागिय प्रमुखको जिम्मेवारी दिएको छ । कम्पनीले नयाँ व्यवसाय विभाग प्रमुखमा सविना श्रेष्ठलाई नियुक्त गरेको छ । त्यस्तै पोलिसी सर्भिसिङ विभाग प्रमुखमा प्रकाश बहादुर उपाध्यायलाई र दाबी विभागमा चन्चला जोशीलाई प्रमुख बनाएको छ । अझै पनि कम्पनीले वित्तीय व्यवस्थापन, पुनर्बीमा, परिपालन तथा सूचना प्रविधि विभागिय प्रमुख नियुक्त गर्न बाँकी छ ।

Esewa
Crest

यस कम्पनीका विभागिय प्रमुख तथा प्रदेश प्रमुखहरुले जागिर छाडेर जादा उक्त विभागमा प्रमुख थिएनन् । एलआईसीमा विभागिय प्रमुख भन्दा माथि प्रादेशिक कार्यालयका प्रमुखहरु माथि हुन्छन् । प्रादेशिक प्रमुखले आफु भन्दा जुनियर विभागिय प्रमुखलाई रिपोर्टिङ गर्नु पर्ने संग ठनात्मक संरचना रहेको छ । प्रादेशिक प्रमुखको जिम्मेवारी मार्केटिङ प्रकृतिको हुन्छ । उनिहरुले कम्पनीले दिएको टार्गेट पुरा गर्नु पर्ने भएकाले कुनै विभागिय कर्मचारीलाई हटाउनु पर्यो भने कम्पनीले बढुवा सहित प्रादेशक प्रमुख बनाएर

यस कम्पनीमा केहि विभागिय प्रमुख तथा प्रादेश प्रमुखहरुले जागिर छाड्दा समस्या देखिएको थियो । नियम अनुसार समयमा विभागिय प्रमुख नियुक्त गर्न नसक्दा कम्पनीलाई समितिले छिटो नियुक्ति गर्न दवाव दिदै आइरहेको छ ।

एलआईसी नेपालमा लामो समयदेखि विभागीय प्रमुख विहिन, पालना भएन संस्थागत सुशासन निर्देशिका

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS