IME Life
Beema Board

एलआईसी नेपालमा लामो समयदेखि विभागीय प्रमुख विहिन, पालना भएन संस्थागत सुशासन निर्देशिका

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल ‘एलआइसी’ले विगत लामो समयदेखि विभागिय प्रमुखहरु नियुक्ति गर्न सकेको छैन । संस्थागत सुशासन अनुसार बीमा कम्पनीहरुले कम्तिमा पनि बजार व्यवस्थापन विभाग, अण्डराइटिङ विभाग, पुनर्बीमा विभाग र दाबी विभाग प्रमुखको व्यवस्था गर्नु पर्छ । संस्थागत संरचना अनुसार एलआइसीले धेरै लामो समयदेखि मार्केटिङ बाहेक सबै विभागमा विभागिय प्रमुख नियुक्ति गर्न सकेको छैन ।

कम्पनीले केहि समय अगाडी विभागीय प्रमुखहरुलाई नै प्रदेश प्रमुखमा सरुवा गरिदिएको थियो । जसले गर्दा उनले कम्पनीनै छाडिदिए । एलआइसीबाट विपिन कुमार लाल सहित केहि उच्च व्यवस्थापन तहका कर्मचारीले छाडिदिएका थिए । त्यस यता उनिहरुको स्थानमा कसैलाई पनि नियुक्ति गरेको छैन । कम्पनीले भित्रैका कर्मचारीलाई ग्रुम गर्ने भन्दै उक्त पदमा नियुक्ति नगरेको हो । उनिहरुलाई तत्काका तत्काल ग्रुम गर्ने अवस्था हुँदैन । साथै बाहिरबाट पनि कर्मचारी ल्याउने तयारी गरेको देखिदैन । भारतिय उच्च व्यवस्थापनले नेपाली कर्मचारीलाई पेलेर जान खोज्दा पनि यस्तो अवस्था आएको त्यहि भित्रका कर्मचारीहरु बताउछन् ।

Prabhu
Crest

सोहि समयदेखि कम्पनीको अधिकाम्स विभागमा प्रमुख छैनन् । उच्च व्यवस्थापन तहको पहिलो तीन वटा पदमा माउ कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसनबाट प्रतिनिधि आउने व्यवस्था छ । सोहि अनुसार प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दास रहेका छन् । त्यस्तै सहायक प्रमुख कार्यकारी अधिकृतमा तुनतुन बुर्नावल रहेका छन् भने प्राविधिक प्रमुखको रुपमा सन्जिव कुमार अग्रवाल छन् । उनिहरु माउ कम्पनी एलआईसी इन्डियाबाट आएका हुन् ।

उच्च व्यवस्थापनको तीन वटैमा भारतीय नागरिक हुँदा बाँकी नेपाली कर्मचारीहरुलाई गाह्रो भइरहेको छ । त्यसमा पनि विभागीय प्रमुख नै नहुँदा अहिले कर्मचारीहरु धेरै नै समस्यामा छन् । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ मा एउटा विभागमा ६ महिना भन्दा बढि खाली राख्न पाइदैन । तर कम्पनीले कतिपय विभागमा धेरै लामो समयदेखि कर्मचारीहरु नियुक्ति गरेको छैन । केहि विभागिय प्रमुखहरुले कम्पनी नै छाडेर अन्यमा गइसकेका छन् ।

बीमा समितिले कम्पनीलाई उच्च व्यवस्थापन तहमा तीन जना मध्ये कम्तिमा पनि एक जना नेपाली हुनु पर्ने भन्दै आइरहेको छ । तर समितिले दिएको सुझावलाई कम्पनीले पालना गरेको छैन । सुशासन निर्देशिका अनुसार विभागीय प्रमुख आफु अन्तर्गत भए गरेको सम्पुर्ण कामहरु प्रति पूर्ण रुपमा जवाफदेही हुनु पर्ने व्यवस्था छ । त्यस्तै आफ्नो मातहतका कर्मचारीलाई आचरणको विषयमा निर्देशन दिने र जानकारी दिने उत्तरदायित्व रहेको हुन्छ । विभागीय प्रमुखले आफ्नो विभागबाट भए गरेका कामकारबाहीको विवरण नियमित रुपमा कार्यकारी प्रमुख समक्ष पेश गर्नु पर्ने व्यवस्था छ । संस्थागत सुशासनले यति बलियो बनाइदिएको यस पदलाई कम्पनीले उपयोग गरिरहेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS