IME Life New

पैसा कमाउने सोच राख्नुभन्दा पहिला अभिकर्ताले राम्रोसँग बीमा क्षेत्रको अध्ययन गर्न जरुरी छ: प्रकाश पाण्डे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रकाश पाण्डे ज्योती लाईफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । अर्घाखाँची जिल्लाको छत्रदेव गा.प ६ घर भएका उनी विगत ५ वर्षदेखि एजेन्सी म्यानेजरको रुपमा काम गर्दै आएका छन् । पाण्डे बीमा अभिकर्ता पेशा गर्दा जीविकोपार्जन गर्न सहज हुनुका साथै आर्थिक उन्नती हुने समेत बताउँछन् । उनले भने “ यहीँ पेशालाई अँगालेर अगाडी बढ्न धेरै अबसरहरु छन्, आर्थिक उन्नती गर्ने अबसर एकदम राम्रो छ ।” उनी शुरुमा  बीमा सम्बन्धी खबरहरु पढ्ने गर्थे र बीमा प्रतिको चाँसो बढ्दै गयो । विस्तारै बीमाको महत्व बुझ्दै गए ।

बीमाको महत्व बुझेतापनि अभिकर्ताबारे खासै ज्ञान थिएन । उनले सुरुमा अरु अभिकर्ताबाटनै आफ्नो बीमा गराए । इन्स्योरेन्स सम्बन्धी पढ्दै र बुझ्दै जाँदा अन्य देशको दाँजोमा नेपालमा बीमितको संख्या एकदमै न्यून, पँहुच कम भएको हुँदा सबैलाई बीमाको महत्व बुझाएर बीमाप्रति आकर्षण गराउने सोचका साथ उनी अभिकर्ता पेशामा २० वर्षको उमेरमा छिरेका हुन् । नेशनल लाईफबाट आफ्नो करियर सुरु गरेका पाण्डे  हाल ज्योती लाईफ इन्स्योरेन्समा एजेन्सी म्यानेजर को रुपमा काम गरिरहेका छन् ।

Esewa
Crest

पाण्डेका अनुसार बीमा गर्न धेरै रकम पनि नचाहिने र एउटा खुत्रुके किनेर त्यसमा तरकारी किन्दा होस् याँ जे किन्दा अलिकति पैसा बचाएर पनि खुत्रुकेमा हालेर बीमा गर्न सकिने उनी बताउँछन् ।

बीमा गराउने काम उनलाई खाँसै गाह्रो भएन । जुनसुके उमेर समूहका मानिसलाई बीमा गराउँदा सबै भन्दा पहिला बीमाको ज्ञान आँफूमा कति छ, बीमितलाई बुझाउन सक्ने क्षमता कति छ, अरुभन्दा फरक कसरी बुझाउने भन्ने कुरा थाँहा भयो भने जुनसुकै उमेर समूहका मानिसलाई बीमा गराउँदा केही असर नपर्ने उनी बताउँछन् । कोही बीमितलाई बीमा सम्बन्धी पहिलानै ज्ञान भएको हुँदा छिट्टै बुझ्दछन् भने कसैलाई बुझाउन अलि गाह्रो हुन्छ । तर उनलाई जति धेरै प्रश्न गर्यो त्यतीनै रमाइलो लाग्छ ।

बीमा गर्न जाँदा बीमितलाई अनावश्यक गफ दिने, भएको सेवा सुविधा भन्दा बढी भन्दिने र बीमितले पनि कुरै नबुझी त्यही सेवा सुविधाको प्रलोवनमा परेर बीमा गर्दा पछि भनेजस्तो सेवा सुविधा प्राप्त नहुँने हुँदा बीमा क्षेत्रका साथै पछि आउँने बीमितलाई पनि नकारात्मक असर पर्ने उनको भनाई छ

उनी बीमा अभिकर्ता पेशा बाहेक आफ्नै व्यापार व्यावसाय गर्दै आएका छन् । अभिकर्ता पेशामा आवद्ध भएपछि धेरै थरीका मानिससँग चिनजान हुने र आफ्नो भएको व्यापार पनि बढे्दै जाने उनको भनाई छ । यसका साथै आम्दानीमा समेत वृद्धि हुने उनको भनाई छ । पछिल्लो समय अभिकर्ता क्षेत्रमा युवकको आकर्षण बढ्दो रहेको छ । तर धेरैले बीमाको बारेमा बुझेको भने छैनन् । पाण्डेले भने, “पैसा कमाइन्छ भनेर अभिकर्ता क्षेत्रमा लाग्ने मानिस धेरै छन् तर यसलाई राम्रोसँग अध्ययन गरेर लागेको धेरै उदाहरण छैनन् ” ।

यसरी बीमा अभिकर्ताले बीमा पोलिसीनै नबुझी, अध्ययननै नगरी अभिकर्ता बन्दा यसले बीमितलाई प्रत्यक्ष असर पार्ने समेत उनी बताउँछन् । बीमा गर्न जाँदा बीमितलाई अनावश्यक गफ दिने, भएको सेवा सुविधा भन्दा बढी भन्दिने र बीमितले पनि कुरै नबुझी त्यही सेवा सुविधाको प्रलोवनमा परेर बीमा गर्दा पछि भनेजस्तो सेवा सुविधा प्राप्त नहुँने हुँदा बीमा क्षेत्रका साथै पछि आउँने बीमितलाई पनि नकारात्मक असर पर्ने उनको भनाई छ ।
इन्स्योरेन्स खबर प्रतिनिधिको प्रश्नमा बीमा क्षेत्रमा काम गर्दा  कुनै पनि तितो अनुभव नभएको बताउने पाण्डे एउटा घटनाले भने सधै मनमा खुशी दिने गरेको बताउँछन । पाण्डेका अनुसार एक बीमा अभिकर्ता साथीको आग्रहमा उहाँले भनेको बीमितकहाँ गएर मैले बीमा गराउन प्रेरित गरेको थिए र उहाँले बीमा पनि गर्नु भयो । त्यसपछि त्यो बीमा पोलिसीमा केही  समय पश्चात दावी पर्यो । पछि बीमितको परिवारले मलाई भन्नु भयो, हामीले हाम्रो परिवार गुमाए पनि हाम्रो घाउँमा मलम लगाउन थोरै भए पनि अर्थिक सहयोग पुग्यो ।  त्यस्तो भनेको सुन्दा मलाई एकदम आनन्द लाग्यो । यो घटना कहिले पनि नबिर्सिने भन्दै पाण्डे एक छिन भावुक भए।

जीवन बीमा मृत्यु पछि परिवारले पाउने सहयोगसंगै आफुलाई पनि धेरै फाइदा हुने पाण्डे बताउँछन। पाण्डे भन्छन “स्वास्थ्य बीमा जसरी आयो त्यसले के सन्देश दियो भने बीमाले हामीलाई रोग लाग्दा पनि केही सहयोग पक्कै गर्नेछ।”  पाण्डेले बीमाको बारेमा ग्राहकलाई बुझाउदा बीमाको अल्पकालीन र दीर्घकालीन फाइदा दुवैलाई जोडेर ग्राहकलाई प्रष्ट पार्छन।

पाण्डेले सम्पूर्ण अभिकर्तालाई आफुले नबुझेको कुरा कोही बीमितलाई नबुझाउन, जति जानेको छ त्यती मात्र बुझाउँन सुझाव दिएका छन् । उनले बीमा गराउन जाँदा अनावश्यक गफ नदिने र थाहा नभएको कुरा आफुभन्दा ठुलोलाई सोधेर मात्र बीमितलाई जानकारी गराउन सुझाव दिएका छन् ।

ग्रामीण क्षेत्रमा बीमाको ज्ञान नभएकोले यसको लागि राज्यले व्यापक रुपमा प्रचार गरिदिन पाण्डेले अनुरोध गरेका छन् । सरकारले प्रचार गरिदिएमा बीमित आँफै पनि बीमा तर्फ आकर्षण हुने र बीमितको संख्या बढ्दै जाने उनको भनाई छ । पाण्डेका अनुसार बीमा गर्न धेरै रकम पनि नचाहिने र एउटा खुत्रुके किनेर त्यसमा तरकारी किन्दा होस् या जे किन्दा अलिकति पैसा बचाएर पनि खुत्रुकेमा हालेर बीमा गर्न सकिने उनी बताउँछन् । बीमा सबै मानिसको लागि अपरिहार्य रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS