IME Life New

नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद फागुन २१ देखि खुल्ला

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद फागुन २१ गतेबाट बिक्री खुल्ला हुने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

१ः०.६५ अनुपातको यस हकप्रद मघ २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न सक्नेछन् ।

Crest

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । ग्लोबल आइएमई क्यापिटल, नेपाल इन्सुरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

हाल नेपाल इनसुरेन्सको चुक्ता पुँजी ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि पुँजी १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्नेछ ।
यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ५४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS